कतारमाथि नेपालकाे रोमाञ्चक जित, सन्दीपको उत्कृष्ट बलिङ
काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि रोमाञ्चक जित निकालेको छ ।नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा समेटियो । कतारसामु नेपाली बलरले शानदार प्रदर्शन गरे ।
कुनै समय जिततर्फ लम्बिएको कतारलाई नेपाली बलरले रोक्न सके । स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । ३।५ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर ५ विकेट लिए ।
अन्तिम ओभरमा कतारलाई जितका लागि १० रन आवश्यक थियो । तर, सन्दीपले अन्तिम ओभरमा २ विकेट लिदै नेपाललाई ५ रनको रोमाञ्चक जित दिलाए । नन्दन यादव २ र दीपेन्द्रसिह ऐरीले एक विकेट लिए । कतारका इमाल लियानागेले सर्वाधिक ५६ रन बनाएपनी जितका लागि प्रर्याप्त हुन सकेन । त्यसअघि कतारविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक इनिङ खेले । रोहितले ४१ बलमा ५८ रन बनाए । दीपेन्द्रसिंह ऐरी २६, कुशल भुर्तेल ६, आसिफ शेख ११, कुशल मल्ल ८, आदिल आलम २, सन्दीप जोरा १, सोमपाल कामी १४ र गुल्सन झा १६ मा आउट भए । नन्दन यादव १ रनमा अविजित रहे । बलिङमा कतारका डेनियल आर्चर मारिया लुइस र मिर्जा मोहम्मद बेगले समान ३(३ विकेट लिए ।
Comments
अरु समाचार
-
एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा हुने !
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ। मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका...
-
एनपीएल दोस्रो सिजनको पहिलो खेलका सबै टिकटहरू ‘सोल्ड आउट’
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री भएका छन् । खल्ती मोबाइल वालेटबाट टिकट...
-
दोस्रो संस्करणको एनपिएल बन्दैछ ऐतिहासीक, ‘सबै तयारी पूरा भयाे’ : क्यान
काठमाडौं । भोली मंसिर १ गते सोमबारबाट सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको क्यानले...
-
आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, काे-काे हुन्छन् सहभागी ?
काठमाडौं । आज आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ । गृहमन्त्री ओमप्रकाश अर्यालले दिउसो तीन बजे बस्नेगरी केन्द्रीय सुरक्षा समितिको...
-
नयाँ दल दर्ताका लागि दिएको समय आज सकिँदै,आयोगमा दर्ता हुने दलको सङ्ख्या १२६ पुग्याे !
काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । आयोगले आगामी फागुन २१ गतेका लागि...
-
एनपिएल खेल्न नेपाल आइपुगे न्युजिल्यान्डका ‘गप्टिल’
काठमाडौं । न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न नेपाल आईपुगेका छन् । यस सिजनमा...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाली कम्युनिस्ट पार्टीसंगको एकता वार्तापछि जसपाले बोलायो बैठक
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीसंग अशोक राई नेतृत्वको जनत समाजवादी पार्टीको एकीकरणको वार्ता सघन रुपमा अघि बढेको छ । एकता...
-
यस्तो छ एनपीएल दोस्रो संस्करणका निम्ति सार्वजनिक टिकट मूल्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति टिकट मूल्य सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार,...












