गाजामा इजरायलले गरेको विनाश १३ आणविक बम बराबर, भग्नावशेष हटाउन १५ वर्ष लाग्ने !
यतिबेला गाजापट्टी कुनै भूगोल नभएर बारूदले क्षतविक्षत मानव पीडाको प्रतीक बनेको छ । इजरायलले विगत दुई वर्षमा यहाँ झन्डै २ लाख टन बराबरको विस्फोटक पदार्थ खसालेको छ । यो भनेको १३ वटा आणविक बमको संयुक्त शक्ति बराबरको बारुद हो । यी आक्रमणका क्रममा १ लाख भन्दा धेरैको ज्यान गयो ।
संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)ले गएको अक्टोबरमा प्रकाशित गरेको ‘गाजाको पुनर्निर्माण सूचकांक’को शीर्षकको प्रतिवेदनअनुसार गएको दुई वर्षमा गाजामा १ लाख ५ हजार ८०० भन्दा बढी भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । यहाँका प्रत्येक १० मध्ये ८ ओटा भवनहरू भग्नावशेष भएका छन् ।
गाजा बस्न योग्य नै छैन । ९० प्रतिशत बासिन्दाको घर या त भत्किएका छन वा बस्न योग्य नै छैनन् । ९५ प्रतिशतभन्दा बढी बहुतले भवनहरू ध्वस्त भएका छन् । यूएनडीपी र विश्व बैंकको संयुक्त सर्वेक्षणले गाजामा अहिले ६ करोड टनभन्दा बढी भग्नावशेष रहेको बताएको छ । यो भनेको सरियाली युद्धको समयमा अलेप्पोमा भएको कुल विनाशको तीन गुणा हो ।
भग्नावशेष हटाउने २४ अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ । यो भनेको प्यालेस्टिनी वार्षिक जीडीपीको चार गुणा हो । हालको स्रोतहरूको आधारमा कुनै पनि नयाँ निर्माण सुरु हुनु अघि भग्नावशेष हटाउन मात्र १२ देखि १५ वर्ष लाग्ने इन्जिनियरिङ काउन्सिलले अनुमान गरेको छ । यी सबै तथ्यले गाजाको पुनर्निर्माण कत्तिको चुनौतीपूर्ण छ भन्ने देखाउँछ ।
झन्डै १ लाख ५२ हजार मानिस मारि
विनाशको सबैभन्दा भयानक पक्ष मानवीय जीवनको क्षति हो । संयुक्त राष्ट्र मानवीय राहत एजेन्सी, डब्ल्यूएचओ, र यूएनआरडब्ल्यूएले २०२५ को अक्टोबरमा निकालेका रिपोर्टहरूका अनुसार गाजामा झन्डै १ लाख ५२ हजार मानिस मारिएका छन् । यी मध्ये एक् लाख ८ हजार मानिसको मृत्यु पुष्टि भएको छ । बाँकी पुरिएको वा बेपत्ता छन् ।
घाइतेहरूको संख्या ३ लाख ७२ हजारभन्दा भन्दा बढी छ, जसमध्ये ६० प्रतिशतभन्दा बढी महिला र बालबालिका छन् । मृत्यु हुनेमा ४२३ स्वास्थ्यकर्मी, १७९ पत्रकार र २४७ संयुक्त राष्ट्र संघका राहतकर्मी छन् । कर्तव्य पालना गर्ने क्रममा यिनीहरू आक्रमणको सिकार भएका थिए ।
बन्धक रिहाइपछि इजरायलमा उत्सव
गाजामा युद्धविरामको एक भागको रूपमा हमासले २० इजरायली बन्धकहरूलाई रेडक्रसलाई सुम्पिएपछि इजरायलीहरूले उत्सव गरे । गाजा र इजरायल दुवैतिरका मानिसहरूले पश्चिम एसिया सहित सम्पूर्ण विश्वलाई अस्थिर बनाउने विनाशकारी दुई वर्षे युद्धको अन्त्य भएको खुशीयाली मनाए ।
तर युद्धविराम र बन्धक रिहाइको लागि शान्ति योजना पहिलो चरण मात्र हो । अर्को चरणहरूबारे प्रतिस्पर्धी मागहरू कायमै छन्, जसले युद्धको वास्तविक अन्त्यबारे अनिश्चितता सिर्जना गरेको छ । १ हजार ९०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको बदलामा २० जीवित बन्धकहरूलाई रिहा गरिएको इजरायली बन्धकहरूलाई रिहा गर्दा हमासले भनेको थियो । इजरायल अझै पनि वेस्ट बैंकमा कोलोनी बनाउन चाहन्छ । हमासले फेरि त्यसो गर्नबाट रोक्नेछ । यस्तो अवस्थामा प्यालेस्टिनी कैदीहरूको रिहाइमा धेरै कुरा निर्भर हुनेछ ।
राताेपाटीबाट
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...












