उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा ‘तत्काल सुधार कार्ययोजना-२०८२’ कार्यान्वयनमा
काठमाडौं, असोज २९ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले “तत्काल सुधार कार्ययोजना–२०८२” कार्यान्वयनमा ल्याएको छ। जेनजी आन्दोलनपछिको परिवर्तित परिस्थितिमा सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी, सहज, सरल तथा प्रविधिमैत्री बनाउन मन्त्रालयले कार्ययोजना कार्यान्वयनमा ल्याएको हो ।
नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयअनुसार २०८२ साल असोज २९ गते स्वीकृत उक्त कार्ययोजना मन्त्रालय र यस अन्तर्गतका निकायहरूबाट प्रवाह हुने सेवाहरूमा तिव्र सुधार ल्याउने उद्देश्यले अघि सारिएको हो।
उक्त कार्ययोजनामा उद्योग क्षेत्रसँग सम्बन्धित २० वटा, वाणिज्य क्षेत्रसँग सम्बन्धित ८ वटा तथा आपूर्ति क्षेत्रसँग सम्बन्धित ११ वटा गरी कुल ३९ वटा सुधारका क्षेत्रहरू समेटिएको छ। यी सुधारका कार्यहरू सम्बन्धित निकायहरूको वार्षिक बजेट तथा कार्यतालिकाको सीमाभित्र रहेर तय गरिएको माइलस्टोन र लक्ष्य प्राप्त गर्ने गरी अघि बढाइने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार यस कार्ययोजनाको प्रभावकारी कार्यान्वयनले सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्नेछ। साथै, यसले उद्योग तथा व्यापार क्षेत्रलाई सहज वातावरण सिर्जना गर्दै आर्थिक समृद्धि र सुशासनको प्रत्याभूति दिलाउने अपेक्षा गरिएको छ।
मन्त्रालयले लगानीमैत्री वातावरण निर्माण, व्यावसायिक सुरक्षा सुनिश्चितता, उत्पादन र उत्पादकत्व वृद्धिको प्रवर्द्धन, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन तथा सहज आपूर्ति व्यवस्थापनजस्ता महत्वपूर्ण पक्षहरूमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
साथै, मन्त्रालयले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि मातहतका निकायहरू, निजी क्षेत्रका छाता संगठनहरू, वस्तुगत संघ–संस्थाहरू, उद्योगी–व्यवसायी, आम नागरिक तथा सम्पूर्ण सरोकारवाला पक्षहरूको सक्रिय र अर्थपूर्ण सहभागिताका लागि आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












