‘भन्सार शुल्कको डरले देशहरू ‘ब्रिक्स’ बाट बाहिरिन बाध्य’
वासिङटन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्कको डरले देशहरू ‘ब्रिक्स’ बाट बाहिरिन बाध्य भएका दाबी गरेका छन् ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफूले ब्रिक्समा सामेल हुन चाहने देशहरूलाई भन्सार शुल्क लगाउने बताएको र अहिले देशहरू ब्रिक्सबाट बाहिरिएका ट्रम्पको भनाइ उदृत गर्दै बीबीसीले जनाएको छ ।
ट्रम्पले ब्रिक्सलाई डलरमाथिको आक्रमण भन्नुभएको छ । अमेरिका भित्रिने सबै उत्पादनहरूमा भन्सार लगाउने बताएसँगै अहिले देशहरूले ब्रिक्सको बारेमा कुरा गर्न पनि छोडिसकेका उहाँले दाबी गर्नुभएको खबरमा उल्लेख छ ।
अमेरिकाले ब्रिक्सका सदस्य देश भारत र ब्राजिलमाथि ५० प्रतिशत भन्सार कर लगाएको छ । भर्खरै चीनले दुर्लभ खनिजहरूमा नियन्त्रण कडा बनाउने निर्णय गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले यसमा पनि १ सय प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ ।
सन् २००९ मा ब्राजिल, रुस, भारत र चीन मिलेर ब्रिक्स समूह गठन भएको थियो । पछि दक्षिण अफ्रिका पनि यस समूहमा सामेल भएको थियो ।
गएको वर्ष दक्षिण अफ्रिकामा भएको १५औं सम्मेलनले इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स ९यूएई० लाई सदस्यका रूपमा थपेको थियो ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












