टी–२० विश्वकप छनोटः अन्तिम खेलमा आज नेपाल र सामोआ भिड्दै
काठमाण्डाै – अर्को वर्ष भारत र श्रीलङ्कामा हुने आईसीसी टी–२० विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको छ । ओमानमा जारी एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा हिजो यूएईले जापानलाई आठ विकेटले हराएसँगै विश्वकप खेल्ने टोलीहरुको समिकरण पूरा भएको छ ।
एशिया तथा इस्ट एशिया प्यासिफिकबाट यसअघि नै नेपाल र ओमान छनोट भइसकेका छन् । आयोजक भारत र श्रीलङ्काबाहेक आईसीसीका शीर्ष सात टोली अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले आउँदो विश्वकपमा स्वतः प्रवेश पाएका छन् ।
टी–२० अन्तर्राष्ट्रिय वरीयताको आधारमा न्यूजील्यान्ड, पाकिस्तान र आयरल्यान्डले पनि आफ्नो स्थान बनाइसकेका छन् । क्यानडाले अमेरिकी छनोटमा सजिलैसँग विश्वकपमा पुग्यो । पहिलो पटक विश्वकपमा सहभागी इटालीसँगै नेदरल्यान्ड्स युरोपमा भएको पाँच टोलीको प्रतियोगिताबाट छनोट भएका छन् ।
नामिबिया र जिम्बाब्वेले आठ टोलीको अफ्रिका छनोटबाट दुई स्थान सुरक्षित गरे भने नेपाल, ओमान र यूएईले पनि जारी छनोट खेलबाट विश्वकपमा स्थान बनाएका छन् । सन् २०२६ मा हुने टी–२० विश्वकम अघिल्लो संस्करण जस्तै ढाँचामा हुनेछ । २० टोलीहरूलाई चार समूहमा विभाजन गरिनेछ । हरेक टोलीले राउन्ड–रोबिन ढाँचामा एक अर्कासँग खेल्नेछन् । त्यसपछि हरेक समूहबाट शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।
यसैबीच आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर–सिक्सको आफ्नो अन्तिम खेलमा आज नेपालले सामोआसँग खेल्दैछ । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ ।
शीर्ष स्थानमा रहेको नेपाललाई आजको खेलसँगै टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको उपाधि जित्ने अवसर छ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा विश्वकप खेलेको थियो । नेपालको यो तेस्रो पटकको विश्वकप यात्रा हो ।
नेपालको चार खेलमा आठ अङ्क छ । सुपर सिक्समा कुनै पनि खेल जित्न नसकेको सामोआ तालिकाको पुछारमा रहेर विश्वकप छनोटबाट बाहिरिसकेको छ । दोश्रो स्थानमा रहेको यूएईले सबै पाँच खेल खेल्दै छ अङ्क बनाएको छ । चार खेलमा ओमानको छ अङ्कसहित तेश्रो स्थानमा छ । ओमानले आज जापानसँग खेल्दैछ । ओमानको पनि छनोट प्रतियागिताको उपाधि जित्ने सम्भावना कायमै छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












