समाओलाई १२४ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटको च्याम्पियन
काठमाडौं । समाओलाई १२४ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटको च्याम्पियन भएको छ । नेपालले आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत एसिया एन्ड इएपी छनोटको उपाधि जितेको हो । सुपर-६ को अन्तिम खेलमा समाओलाई नेपालले १२४ रनले पराजित गर्दै च्याम्पियन बन्यो। यसअघि नै विश्वकपमा छनोट भएको नेपालले समाओलाई हराएसँगै उपाधि जितेको हो।
नेपालले समूह चरणमा कुवेत र जापानलाई पराजित गर्दै सुपर-६ मा स्थान बनाएको थियो। सुपर-६ मा नेपालले युएई, कतार, ओमान र समाओलाई हरायो। नेपालले सुपर-६ मा १० अंक जोड्दा दोस्रो स्थानको ओमानको ८ अंक र तेस्रो स्थानको युएईले ६ अंक जोडे। छनोटबाट नेपालसँगै ओमान र युएई विश्वकपमा छनोट भए।
शुक्रबार नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको समोआले २० ओभरमा ७ विकेटको क्षतिमा ८७ रन मात्र जोड्न सक्यो। समोआलाई सस्तैमा रोक्न नेपालका ललित राजवंशीले ३ विकेट लिए। ब्याटिङमा सामोआका सिन सोलियाले सबैभन्दा बढी ४० न जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
ओमान क्रिकेट एकेडेमीमा समोआले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २११ रन बनायो। नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। आसिफले ४१ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६९ रन जोडे। अर्का ओपनर कुशल भुर्तेल १५ बलमा १७ रन बनाए।
दीपेन्द्रले ३३ बलमा २ चौका र ४ छक्काको मद्दतमा ५३ रन बनाए। आरिफ शेख ९ रनमा आउट हुँदा रोहित पौडेलले नटआउट २१ रन बनाए। रोहितले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे। आक्रामक ब्याटिङ गरेका लोकेश बमले १२ बलमा नटआउट ३९ रन बनाए। उनले २ चौका र ४ छक्का प्रहार गरे।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












