ताजा समाचार

विश्वकप लिग–२ : रोहितको कप्तानीमा १५ सदस्यीय टोली घोषणा !

काठमाडौं । युएईमा आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ।

रोहित पौडेलको कप्तानीमा नेपाल क्रिकेट एसोसिएसन(क्यान)ले १५ सदस्यीय टोली घोषणा गरेको हो ।

त्यस्तै टोलीको उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीले सम्हाल्ने छन्। टोलीमा नियमित खेलाडी सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी र करण केसी समावेश छन्।

साथै, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र शाहब आलमले पनि टोलीमा स्थान पाएका छन्। अनिल शाह पनि टोलीमा फर्किएका छन्।

यस सिरिजमा नेपालसँगै यूएई र अमेरिका सहभागी हुँदैछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org