ताजा समाचार

लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन हिजो देशभर विद्युत्को कूल माग एक हजार छ सय ५० मेगावाट बराबर रहेको छ । त्यस्तै, लक्ष्मीपूजाको दिन एक हजार १५ मेगावाट बिजुली निर्यात भएको छ ।

प्राधिकरणका अनुसार गएको वर्ष लक्ष्मीपूजाको दिन देशभरको कूल विद्युत् माग एक हजार छ सय दुई मेगावाट रहेको थियो । अघिल्लो वर्षभन्दा यसवर्ष लक्ष्मीपूजाको दिन कूल बिजुलीको माग ४८ मेगावाटले उच्च रहको थियो । प्राधिकरणले भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org