प्रेम र श्रद्धाको पर्व ‘भाइटिका’
सुनिल सापकोटा (विराटनगर )। आज यम पञ्चकको अन्तिम दिन हो । सोही क्रममा भाइ टिका बारे छोटकरीमा आफूलाई लागेका कुराहरू हजुरहरू समक्ष राख्छु । हाम्रा चाड पर्वहरूमा खाली पाप पुण्यका रुढीवादी कुरा मात्र छैनन् । यी चाड पर्वहरूमा धेरै कुराहरू जोडिएका पनि छन्। यसमा धार्मिकका साथै अन्य सामाजिक र भावनात्मक नाता सम्बन्धहरू र आपसी माया प्रेम र सद्भावहरूका पक्षहरू पनि जोडिएका छन् ।त्यसैले हाम्रा पर्वहरू रमाइलो र मनोरञ्जनात्मक मात्र छैनन् कि यी भित्र सन्देशहरू पनि लुकेर बसेका छन्।
यसै क्रममा हामी हिन्दुहरूको पौराणिक कथा अनुसार धेरै वर्ष अगाडि आजको दिन हाम्रा परलोक का देवता यमराज अर्थात् धर्मराज आफ्नो बहिनी जमुना कहाँ टिका लगाउन जमुनाको घर गएको हुँदा आज हामीले पनि दिदी बहिनीको घर गएर टीका लगायौ भने अकाल मृत्यु हुँदैन र दीर्घायु हुन्छ भन्ने हाम्रो धार्मिक मान्यता रही आएको छ ।
त्यस्तै सामाजिक र घरायसी कुरा गर्दा पनि दिदीबहिनी र दाजुभाइको सम्बन्ध बडो अजिबको सम्बन्ध हुन्छ । केटाकेटी देखि नै दिदिबहिनीहरु एउटै घरमा दाजुभाइ सङ सँगै हुर्किने हुँदा यिनीहरूको बिचमा लुगा फाटोहरू बढी घटी किनी दिने कुरामा , मिठो खानेकुराहरूमा , किताब र कपिका कुराहरूमा , खेलकुदका कुराहरूमा, सधैँ जसो दाजुभाइ र दिदीबहिनी बिच घरमा झैँ झगडा र प्रतिस्पर्धा भई रहेको हुन्छ ।
बाबुआमाले हामीहरूलाई भन्दा दाजुभाइ लाई बढी माया गर्छन् भन्ने कुरा दिदिबहिनीहरुको मनमा परेता पनि उनीहरू सहेर बसेका हुन्छन् । नेपाली समाज पुरुष प्रधान समाज भएको हुँदा आजको यस आधुनिक समयमा पनि प्रायः जसो घरमा दिदीबहिनीहरू दाजुभाइ सङ दबेरै बसेको देखिन्छ ।
यसरी एक दिन समयको गतिमा दिदीबहिनीहरूको बिहे हुन्छ र उनीहरू अर्काको घर सधैँका लागि जान्छन् । अनि यो व्यस्त भाग दौड जीवनमा वर्षको एक पटक मात्र टीका लाइदिने, आपसमा कुरा कानी र दुःख सुख साटा साट गर्ने मौका चाहिँ दिदीबहिनीले आजको दिन मात्र राम्ररी पाउँछन्।
त्यसैले जसरी भएपनी भाइ टिकाको दिन दिदीबहिनी र दाजुभाइ बिच भेटघाट हुनै पर्छ भन्ने यो पर्वको सन्देशका साथै धार्मिक र सामाजिक महत्त्व पनि यो भाइटिकाले बोकेको देखिन्छ । आजको दिन दाजुभाइ र दिदिबहिनीहरु बिच आत्मीय सम्बन्धको सम्झना दिलाउने र उनीहरू बिच प्रेम र श्रद्धा लाई जीवन्त राख्ने दिन पनि हो । इति ।
२०८२ सालको भाइ टिकाको सबैमा मेरो शुभकामना ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












