ताजा समाचार

शनिवार आत्मदाह प्रयास, आज किर्तिपुरमा निधन् !

काठमाडौं । अनामनगरस्थित एक स्टुडियोमा आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ ।

उनले गत शनिवार आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको जनाएको छ ।

यो घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो। अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा रहेका छन् । उनीविरुद्ध भने कुनै जाहेरी नआएको परिसरले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org