गायिका नितु पौडेलको निधन, बाबुलविरुद्ध जाहेरी दर्ता
काठमाडौं । गायिका नितु पौडेलको परिवारले गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहनमा प्रहरी प्रभाग सिंहदरवारमा जाहेरी दर्ता गराएको प्रहरी स्रोतले जनाएको छ ।
अनामनगरस्थित गिरीकै रेकर्डिङ स्टुडियोमा गायिका नितु पौडेलले गत कात्तिक १ गते आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी थिइन् । उक्त आत्महत्या दुरुत्साहनमा गायक तथा संगीतकार गिरीकै हात रहेको भन्दै परिवारले गिरीविरुद्ध मुद्धा दायर गरेको हो ।
गत कात्तिक १ गते आफ्नै शरीरमा आगो लगाएकी गायिका पौडेलको कात्तिक ७ गते शुक्रबार उपचारका क्रममा मृत्यु भएको थियो । गायिकाको मृत्यु पश्चात् उनका परिवारका सदस्य आत्महत्या दुरुत्साहनको जाहेरी लिएर प्रहरी वृत्त सिंहदरवारमा पुगेका थिए ।
त्यस्तै, गायिका नितु र बाबुलबिच प्रेम सम्बन्धमा रहेको पनि आशंका गरिएको छ । गायिका पौडेलले आत्मदाहको प्रयास गरे लगत्तै प्रहरीले गायक बाबुल गिरीलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यसपछि छाडेको प्रहरीले शुक्रबार पुनः गिरीलाई नियन्त्रणमा लिएको छ ।
Comments
अरु समाचार
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री सुधन गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...
-
मधेसमा दुई महिनामा ४५९ विपद्का घटना, ९२ जनाको ज्यान गयो
जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई महिनामै विपद्का ४५९ घटना भएका छन् । ती घटनामा...













