गायिका नितु पौडेलको निधन, बाबुलविरुद्ध जाहेरी दर्ता
काठमाडौं । गायिका नितु पौडेलको परिवारले गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहनमा प्रहरी प्रभाग सिंहदरवारमा जाहेरी दर्ता गराएको प्रहरी स्रोतले जनाएको छ ।
अनामनगरस्थित गिरीकै रेकर्डिङ स्टुडियोमा गायिका नितु पौडेलले गत कात्तिक १ गते आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी थिइन् । उक्त आत्महत्या दुरुत्साहनमा गायक तथा संगीतकार गिरीकै हात रहेको भन्दै परिवारले गिरीविरुद्ध मुद्धा दायर गरेको हो ।
गत कात्तिक १ गते आफ्नै शरीरमा आगो लगाएकी गायिका पौडेलको कात्तिक ७ गते शुक्रबार उपचारका क्रममा मृत्यु भएको थियो । गायिकाको मृत्यु पश्चात् उनका परिवारका सदस्य आत्महत्या दुरुत्साहनको जाहेरी लिएर प्रहरी वृत्त सिंहदरवारमा पुगेका थिए ।
त्यस्तै, गायिका नितु र बाबुलबिच प्रेम सम्बन्धमा रहेको पनि आशंका गरिएको छ । गायिका पौडेलले आत्मदाहको प्रयास गरे लगत्तै प्रहरीले गायक बाबुल गिरीलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यसपछि छाडेको प्रहरीले शुक्रबार पुनः गिरीलाई नियन्त्रणमा लिएको छ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












