तराई मधेशमा छठको तयारी, बजारमा बढ्यो चहलपहल
काठमाण्डौ । छठपर्व शुरू हुनै लाग्दा तराई मधेशमा चहलपहल बढेको छ । स्थानीय बजारहरूमा छठको लागि चाहिने सरसामान किन्नेको घुईंचो लागेको छ । छठपर्वका लागि आवश्यक बाँसका कोनिया, ढाकी, नाङ्लो, माटोका हात्ती, दियोलगायत सामग्रीका साथै केरा, नरिवल, उखु, भोगटे, हरियो बोडी, मुला, अदुवाको बोट र अन्य पूजा सामग्रीको बिक्री बढेको छ । व्यापारीहरूले पनि यो पर्वलाई लक्षित गर्दै पर्याप्त मात्रामा सामग्री भण्डारण गरेका छन् । सिरहा, धनुषा, सप्तरी, महोत्तरी, सर्लाहीलगायत जिल्लाहरुमा छठपर्वको रौनक फैलिएको छ । बजारहरू रङ्गीन वस्तु, पूजा सामग्री र पारम्परिक मिठाइहरूले सजिएका छन् भने नदीघाट र पोखरीहरूमा बर्तालुहरूले घाट सफा गर्ने र सजाउने काम गरिरहेका छन् ।
यसपालिको छठ पर्व आज बेलुकी ‘नहाय–खाय’ अर्थात नुहाएर खाने विधिबाट शुरू हुँदैछ । यसैबीच मधेश प्रदेश सरकारले छठपर्वको चौथो दिन अर्थात् कात्तिक ११ गते थप एक दिन सार्वजनिक बिदा दिएको छ । छठपर्वको भोलिपल्ट कात्तिक ११ गते मंगलवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गर्नुपर्ने भएकाले प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय भएको हो । यसअघि सङ्घ सरकारले छठपर्वका लागि सन्ध्याको अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन पर्सि कात्तिक १० गते सोमवार देशभर सार्वजनिक बिदा दिइसकेको छ । यस्तै तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका लागि ‘अप्रेसन आस्था’ लागू गरिएको छ । छठपर्व शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउनका लागि मधेश प्रदेश प्रहरी कार्यालयले ‘अप्रेसन आस्था’ नामक विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।
यस योजनाअन्तर्गत प्रदेशभरका आठवटै जिल्लामा करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । छठपर्वको संवेदनशीलतालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रबन्ध मिलाइएको प्रहरीले जनाएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार जाँडरक्सी खाएर गाडी चलाउने, झैझगडा गर्ने, भीडभाडमा अव्यवस्था सृजना गर्नेलगायत सम्भावित घटनालाई रोक्न यो विशेष योजना लागू गरिएको हो । प्रहरीले जाँडरक्सी खाएर गाडी चलाउने वा सार्वजनिक ठाउँमा हुलदङ्गा गर्ने जोकोहीलाई पनि कडा कारबाही गरिने चेतावनी दिएको छ । थप निगरानीका लागि अत्यधिक भीडभाड हुने ठाउँहरुमा सिसी क्यामेराबाट निगरानी, सुरक्षाचौकी स्थापना र मोबाइल गस्ती टोलीलाई सक्रिय पारिएको छ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












