धर्ना–जुलुस नगर्न सरकारको आग्रह, असुरक्षा बढ्ने र चुनाव बिथोलिने चिन्ता
काठमाडौं । सरकारले देशभरका राजनीतिक दल, संगठन र नागरिकलाई धर्ना र जुलुसजस्ता कार्यक्रम नगर्न आग्रह गरेको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले शुक्रबार जारी विज्ञप्तिमा सुरक्षामा सम्भावित जोखिम र चुनावी वातावरणमा असर पर्न सक्ने भन्दै यस्तो आग्रह गरिएको उल्लेख गरेका छन्।
जेनजी पुस्ताको नेतृत्वमा भएको प्रदर्शनपछि गठन भएको वर्तमान सरकारले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन सफल बनाउनका लागि आवश्यक तयारी गरिरहेको विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, “देशमा अस्थिरता फैलाउने स्वार्थ समूहले यस्ता कार्यक्रमहरूमा घुसपैठ गरी अशान्ति र अराजकता सिर्जना गर्न सक्ने देखिएकाले आयोजकहरू सतर्क रहन जरुरी छ। जनताको शान्तिपूर्ण जीवन, सार्वजनिक सेवामा पहुँच र निर्वाचनमा भाग लिन पाउने अधिकार कुण्ठित हुन नदिनु सबैको साझा जिम्मेवारी हो।”
मन्त्रालयले सार्वजनिक सुरक्षामा खलल नपरोस्, साम्प्रदायिक सद्भाव कायम रहोस् र राष्ट्रिय हित सुदृढ होस् भन्ने उद्देश्यले सबैलाई संयमित र जिम्मेवार रहन अपिल गरेको छ। साथै, जायज माग, चासो र सरोकारलाई सम्बोधन गर्न सरकार सधैं तत्पर रहेको उल्लेख गर्दै मन्त्रालयले धर्ना, प्रदर्शन वा आन्दोलनजस्ता कार्यक्रम नगरी वार्ता र संवादमार्फत् समस्या समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











