धर्ना–जुलुस नगर्न सरकारको आग्रह, असुरक्षा बढ्ने र चुनाव बिथोलिने चिन्ता
काठमाडौं । सरकारले देशभरका राजनीतिक दल, संगठन र नागरिकलाई धर्ना र जुलुसजस्ता कार्यक्रम नगर्न आग्रह गरेको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले शुक्रबार जारी विज्ञप्तिमा सुरक्षामा सम्भावित जोखिम र चुनावी वातावरणमा असर पर्न सक्ने भन्दै यस्तो आग्रह गरिएको उल्लेख गरेका छन्।
जेनजी पुस्ताको नेतृत्वमा भएको प्रदर्शनपछि गठन भएको वर्तमान सरकारले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन सफल बनाउनका लागि आवश्यक तयारी गरिरहेको विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, “देशमा अस्थिरता फैलाउने स्वार्थ समूहले यस्ता कार्यक्रमहरूमा घुसपैठ गरी अशान्ति र अराजकता सिर्जना गर्न सक्ने देखिएकाले आयोजकहरू सतर्क रहन जरुरी छ। जनताको शान्तिपूर्ण जीवन, सार्वजनिक सेवामा पहुँच र निर्वाचनमा भाग लिन पाउने अधिकार कुण्ठित हुन नदिनु सबैको साझा जिम्मेवारी हो।”
मन्त्रालयले सार्वजनिक सुरक्षामा खलल नपरोस्, साम्प्रदायिक सद्भाव कायम रहोस् र राष्ट्रिय हित सुदृढ होस् भन्ने उद्देश्यले सबैलाई संयमित र जिम्मेवार रहन अपिल गरेको छ। साथै, जायज माग, चासो र सरोकारलाई सम्बोधन गर्न सरकार सधैं तत्पर रहेको उल्लेख गर्दै मन्त्रालयले धर्ना, प्रदर्शन वा आन्दोलनजस्ता कार्यक्रम नगरी वार्ता र संवादमार्फत् समस्या समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












