साउदी अरबले कफाला प्रणाली हटायो, नेपाली कामदारलाई राहत
काठमाडौं ।साउदी अरबले कफाला प्रणालीको अन्त्य गरेपछि नेपाली कामदारहरूलाई पनि राहत मिलेको छ । अब साउदी अरबमा रहेका विदेशी कामदारहरूले रोजगारदातासँगको सम्झौता तोडेर घर फर्कन वा अर्को कम्पनीमा काम गर्न पाउने भएका छन् । अब कामदारको राहादानी रोजगारदाताले राख्न पाउने छैन ।
यसअघि कामदारमाथि सम्पूर्ण अधिकार कफिल भनिने प्रायोजकमा रहने हुँदा उसले अनुमति नदिएसम्म अर्को कम्पनीमा जान मिल्दैनथ्यो । कतिपय अवस्थामा तलब नपाउँदा वा यातना पाउँदा समेत कानूनी उपचार खोज्न कठिनाइ थियो । अब सम्झौता तोड्न र अर्को कम्पनी रोज्न समेत पाउने भएकोले नेपालीहरूका लागि निकै सजिलो हुने साउदी अरबमा रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार सबै शहरहरूमा लागू हुन बाँकी भए पनि धेरैजसो शहरमा अनलाइनबाट आवेदन गरेर श्रमिकले रोजगारदाता परिवर्तन वा स्वदेश फिर्तीका लागि प्रक्रिया चाल्न सक्नेछन् ।
साउदी अरबमा झन्डै चार लाखको हाराहारीमा नेपाली कामदारहरू छन् । उनीहरूमध्ये धेरैले निर्माण क्षेत्र, कृषि क्षेत्र, सेवा र गाडी चालकका रूपमा काम गर्छन् । अहिलेसम्म श्रम सम्झौता नभएको साउदी अरबमा नेपाली कामदारहरूले मासिक औसत ३५ देखि ४० हजार रुपैयाँ बराबर न्यूनतम तलब पाउने गरेका छन् ।
कफाला मध्यपूर्वका देशहरूमा अभ्यासमा रहेको रोजगार प्रायोजन प्रणाली हो । यो प्रणालीमा कफाला भनिने प्रायोजकको अनुमति विना देशभित्र प्रवेश गर्न, काम गर्न, व्यवसाय गर्न वा स्वदेश फर्कन समेत अनुमति हुँदैन ।
धेरैजसो प्रायोजकले कामदारको राहदानी पनि लिएर राखेका हुन्छन् । मानव अधिकार सङ्गठनहरूले लामो समयदेखि कफाला प्रणालीलाई आधुनिक दासत्व भन्दै आएका छन् । कतारले यसअघि सन् २०२२ को विश्वकप फुटबलअघि कफाला प्रणालीलाई खुकुलो बनाएको थियो ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












