जेनजीसहितको सर्वपक्षीय सरकार गठन गर्न ओलीको प्रस्ताव
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकट समाधान गर्न जेनजीसहितको सर्वदलीय (सर्वपक्षीय) सरकार गठनको प्रस्ताव अघि सारेका छन्।
सोमबार राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) को टोलीसँग भएको भेटवार्तामा अध्यक्ष ओलीले देशलाई अस्थिरता र अविश्वासको अवस्थाबाट निकाल्न सबै पक्षको सहभागिता आवश्यक भएको बताएका हुन्।
एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार, ओलीले भेटका क्रममा ६ बुँदामा आधारित ‘मार्गचित्र’ प्रस्तुत गर्दै प्रतिनिधिसभा विघटन असंवैधानिक भएको र त्यसको पुनर्स्थापना गर्नुपर्ने धारणा राखे। साथै उनले संविधान संशोधनमार्फत संसद् सदस्य नभएको व्यक्ति पनि दलहरूको सहमतिमा राष्ट्रपतिबाट चुनावी सरकारको प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारे।
‘संविधान संशोधन गरेर संसद् बाहिरको व्यक्तिलाई समेत चुनावी सरकारको नेतृत्व गर्ने अधिकार दिनुपर्छ,’ रिजालले ओलीको भनाइ उद्धृत गर्दै बताए।
ओलीले जेनजी आन्दोलनबाट आफू प्रधानमन्त्री पदबाट हटाइएकाले त्यसमा कुनै तिक्तता नराख्ने र पुनः प्रधानमन्त्रीको दाबी नगर्ने पनि स्पष्ट पारेका छन्। उनले यस्तो सरकार गठन भए तीन महिनाभित्रै निर्वाचन सम्पन्न गर्न सकिने र २१ फागुनमै प्रतिनिधिसभा चुनाव गर्न सम्भव हुने विश्वास व्यक्त गरे।
उनको भनाइमा, ‘संविधान र लोकतन्त्रलाई पुनः मार्गमा ल्याउन आवश्यक सबै कामका लागि राजनीतिक दलहरूबीच अग्रिम सहमति निर्माण अनिवार्य छ।’
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












