हिमपातका कारण पर्यटकीय गतिविधि प्रभावित, यात्रा नगर्न टानको आग्रह
काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात सुरु भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ । टानका अध्यक्ष सागर पाण्डेले आज एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमान अनुसार अहिले पश्चिमी वायु र अरव सागरमा बनेको न्यूनचापीय प्रणालीका कारण कात्तिक १० देखि १२ गतेसम्म कर्णाली, लुम्बिनी र गण्डकीलगायतका प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएकाले हिमाली क्षेत्रको यात्रामा ध्यान दिन आग्रह गरेका हुन् ।
मौसम पूर्वानुमान अनुसार नै हाल डोल्पा, धौलागिरि, मुस्ताङ, मनाङ, मनास्लु, लाङटाङ, सगरमाथालगायतका पर्यटकीय गन्तव्यमा वर्षासँगै हिमपात समेत सुरु भई पदयात्रालगायतका सम्पूर्ण पर्यटकीय गतिविधि प्रभावित भइरहेको टानले जनाएको छ ।
अध्यक्ष पाण्डेले कतिपय स्थानमा स्थानीय प्रशासनले पदयात्रा गर्न रोकसमेत लगाइसकेको भन्दै मौसममा सुधार नआउञ्जेलसम्म उच्च हिमाली क्षेत्र तथा उच्च पास भएर जाने सम्पूर्ण पदमार्गमा हुने पदयात्राहरू नगर्न/नगराउन, पदयात्री, आरोहण दलका सदस्य तथा सहयोगी टोलीलाई अनुरोध गरे ।
टानले उद्धारलगायतका कार्यका लागि सहजीकरण तथा समन्वय गर्नका लागि स्थानीय सरकार, स्थानीय प्रशासन तथा सुरक्षा निकाय (प्रहरी, सशस्त्र, सेना) संरक्षण क्षेत्रका व्यवस्थापक, टान गण्डकी तथा टान केन्द्रीय कार्यालयलाई सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












