ताजा समाचार

महासचिव शंकर पोखरेलले दिए फेसबुक मार्फत ओलीलाई बधाई !

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बधाई ज्ञापन गरेका छन् ।

काठमाडौंको कीर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा १० हजार सिट क्षमता सहित फ्लड लाइटमा नेपाल प्रिमियर लिगको दोस्रो सिजन आज सोमबारबाट सुरु हुनेभएपछि सामाजिक सञ्जाल मार्फत पोखरेलले अध्यक्ष ओली तथा समग्र क्रिकेट प्रेमिहरुलाई बधाइ ज्ञापन गरेका हुन् ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा ‘सही निर्णय र दृढ सङ्कल्पको प्रतीक’ भन्दै प्रशंसा गरेका छन् । त्यस्तै, महासचिव पोखरेलले लेखेका छन्, ‘सही निर्णय र दृढ सङ्कल्पको प्रतीक त्रिवि कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, बधाई स्वप्नदृष्टा केपी शर्मा ओली र क्रिकेट प्रेमी सबैलाई।’

केपी ओली प्रधानमन्त्री बन्ने लगत्ते पहिलो निर्णय स्वरुप ३०० दिनभित्र त्रिवि क्रिकेट रङ्गशालालाई फ्लड लाइट सहित व्यवस्थित बनाउँने प्रतिबद्धता जनाएका थिए । तर विभिन्न कारणले निर्माण तोकिएको अवधी भन्दा ढिलो गरेर सम्मपन्न भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org