ताजा समाचार

चितवनले कर्णाली विरूद्ध टस जितेर पहिले बलिङ गर्ने !

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो दिन मङ्गलबार दुई खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुँदैछ ।अहिले चितवनले टस जितेर पहिले बलिङ रोजेको छ । टस हारेको कर्णालीले पहिले ब्याटिङ गर्दैछ  ।

चितवनको कप्तानी कुशल मल्ल र कर्णालीको कप्तानी सोमपाल कामीले गरेका छन् । दुवै टोली जित निकाल्दै दोस्रो सिजनमा सुखद सुरुवात गर्ने लक्ष्यमा छन् ।

यस्तै साँझ ४:०० बजे सुरु हुने अर्को डे नाइट खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ ।  विराटनगरको नेतृत्व सन्दीप लामिछानेले र पोखराको नेतृत्व  कुशल भुर्तेलले सम्हालेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org