प्रतिनिधि सभा निर्वाचनमा भाग लिने दलको सङ्ख्या २५ पुग्यो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दल दर्ता गर्नेको सङ्ख्या २५ पुगेको छ । आयोगले सूचना जारी गरेको तेस्रो दिन ८ दलले दर्ता गराएसँगै आगामी प्रतिनिधि सभाको निर्वाचनमा भाग लिनका लागि दर्ता गर्ने दलको सङ्ख्या २५ पुगेको हो ।
आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बुधबार दलमर्दन कामी नेतृत्वको संयुक्त नागरिक पार्टी, खड्गप्रसाद पालुङग्वा नेतृत्वको नेपाल जनमुक्ति पार्टी, चन्द्रदेव जोशी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), जितेन्द्र घिमिरे नेतृत्वको राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दल, हरिनारायण यादव नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा र किशोरकुमार विश्वास नेतृत्वको समावेशी समाजवादी पार्टी दर्ता भएका हुन् ।
यस्तै आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिनका लागि भने अहिलेसम्म ६ वटा दल दर्ता भएका छन् । जसमा बुधबार केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता भट्टराईले केही सञ्चारमाध्यमलाई जानकारी दिए ।
निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि मंसिर १० गतेसम्म र आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा भाग लिनका लागि मंसिर ७ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसक्नुपर्नेछ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











