अन्तर्राष्ट्रिय सुरक्षा बलमा सामेल हुन अमेरिकाको आग्रह किन ?
वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको एक हिस्साका रूपमा गाजामा तैनाथ हुन लागेको अन्तर्राष्ट्रिय सुरक्षा बलमासामेल हुन यमनलाई अमेरिकाले आग्रह गरेको छ। शीर्ष अधिकारीसहित यमनका पाँच सरकारी स्रोतलाई उद्धृत गर्दै एएफपीले यो खबर लेखेको हो।
संयुक्त राष्ट्रसङ्घले यसै हप्ता ट्रम्पको शान्ति योजनालाई अनुमति दिने सङ्केत गरेको छ। यता अरब र मुस्लिम राष्ट्र प्यालेस्टिनी लडाकुसँग भिड्न सक्ने अन्तर्राष्ट्रिय स्थिरीकरण बल (आइएसएफ) मा सहभागी हुन हिच्किचाइरहेका छन्।
यमनी सरकारले अझै कुनै निर्णय गर्न बाँकी रहेको यमनी कूटनीतिज्ञ, एक सैन्य अधिकारी र राष्ट्रपति नेतृत्व परिषद्का एक अधिकारीसहित स्रोतहरूले बताएका छन्। उनीहरू सबैले नाम नबताउने सर्तमा संवेदनशील विषयमा छलफल गरेको बताएका छन्।
राष्ट्रपति परिषद् र यमनी कूटनीतिज्ञको एक स्रोतले भनेको छ, “बलमा कुनै पनि योगदान धेरै हदसम्म प्रतीकात्मक हुनेछ।” एक वरिष्ठ सैन्य अधिकारीले भने, “यमनको ‘अन्तर्राष्ट्रिय सेनामा सहभागिताको बारेमा अमेरिकीहरूसँग छलफल गरिएको छ, तर हामीले अझै पनि सेनामा सामेल हुन आधिकारिक अनुरोध प्राप्त गरेका छैनौं’।”
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार धेरै हदसम्म खण्डित र कमजोर छ। सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीले राजधानी सानाबाट राष्ट्रसङ्घको समर्थन प्राप्त सरकारलाई लखेटेका थिए। हुथी समूहले अहिले यमनका अधिकांश जनसङ्ख्या र प्रशासनिक केन्द्रहरू नियन्त्रण गरेका छन्।” हमास अन्तर्राट्रिय बलको स्थापनाको विरोधमा छ र हमासको सहयोगी हुथी समूह पनि उक्त बलमा यमनी सहभागिताबाट आक्रोशित हुने सम्भावना रहेको छ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











