ताजा समाचार

राष्ट्रिय सुरक्षा परिषद् बैठक आह्वान !

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन् । बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक बस्न लागेको हो ।

बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालले आजै बिहान पनि आफ्ना मातहतका सबै सुरक्षा प्रमुखसँग सिंहदरबारमा छलफल गरेका थिए ।

जेनजी युवाहरूले बुधबार सिमरा विमानस्थलमा तोडफोड गरेका थिए । एमाले नेताहरू जाने भएपछि विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

बुधबार साँझ ८ बजेसम्म कर्फ्यु लगाइएको थियो । आज पुनः अवस्था तनावग्रस्त बनेपछि त्यहाँ कर्फ्यु लगाइएको छ । उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा मजबुत बनाउन राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गराएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org