ताजा समाचार

ब्राजिलमा जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी !

काठमाडौं । ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी भएको छ ।

बीबीसीका पत्रकारहरू (जसमध्ये जलवायु सम्पादक जस्टिन रोलाट पनि थिए)ले पभिलियन क्षेत्रमा आगो र धुवाँ देखेपछि उनीहरूलाई तुरुन्तै बाहिर निकालिएको जानकारी दिएका छन् । संयुक्त राष्ट्र संघका अधिकारीहरुका अनुसार आगो ६ मिनेटमै निभाइएको थियो ।

धुवाँको असरका कारण १३ जना बिरामी परेका छन् । उनीहरुको उपचार भइरहेको छ । संयुक्त राष्ट्रसंघको सम्मेलन आयोजक समितिले उनीहरूको स्वास्थ्य अवस्थामाथि निगरानी भइरहेको र आवश्यक चिकित्सकीय सहयोग प्रदान गरिएको बताएको छ ।

आयोजकले बताए अनुसार ‘सम्मेलनस्थलको ब्लु जोनमा आगलागी भएको थियो । दमकल र युएन सुरक्षाकर्मीहरू तत्कालै परिचालन भएर आगो करिब ६ मिनेटमै नियन्त्रणमा ल्याइयो । मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो ।’

आगलागीका कारण सम्मेलन रोकिएको र आगलागीको कारण भने अझै खुलेको छैन । आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org