ताजा समाचार

राष्ट्र बैंकको लगानी अफर, तीन अर्ब ७६ करोड संस्थागत निक्षेप बैंकहरुमा राखिने

काठमाडाैं । नेपाल राष्ट्र बैंकले तीन अर्ब ७६ करोड रुपैयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकले शुक्रबार बाँणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त परिमाणको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि नोभेम्वर २७, २०२५ देखि नोभेम्बर २७, २०२६ सम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर नौं गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि तीन अर्ब ८० लाख, बिकास बैंकहरुको लागि ५६ करोड ४० लाख र फाईनान्स कम्पनीहरुको लागि १८ करोड ८० लाख रुपैंयाँ छुट्याईएको छ ।

रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका न्युनतम सर्तहरु तोकिएको राष्ट्र बैंकको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org