अमेरिकी २८ बुँदे प्रस्ताव पछि जेलेन्स्की भन्छन् ‘स्वाभिमान गुमाउनु कि अमेरिकाको साथ ?’
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाद्वारा प्रस्तावित शान्ति योजनाका कारण देश ‘एउटा अत्यन्त कठिन मोड’मा पुगेको बताएका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै जेलेन्स्कीले भने, ‘हामीलाई अब एक अति गम्भीर निर्णय गर्नुपर्ने स्थिति आएको छ । या त हामी आफ्नो राष्ट्रिय गरिमा त्याग्नेछौँ वा आफ्नो सबैभन्दा महत्त्वपूर्ण साझेदार अमेरिकाको समर्थन गुमाउनेछौँ ।’
उनका अनुसार यो युक्रेनको इतिहासकै सबभन्दा चुनौतीपूर्ण क्षणहरूमध्ये एक हो । हालै अमेरिकाले २८ बुँदे शान्ति प्रस्ताव गरेपछि जेलेन्स्कीको यस्तो भनाइ आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त प्रस्तावमा युक्रेनले पूर्वी दोनेत्स्क क्षेत्रबाट पछि हट्ने, सैन्य तैनाथी घटाउने र भविष्यमा नेटोमा कहिल्यै सदस्य नबन्ने जस्ता सर्तहरू राखिएका छन् । यी सर्तहरूलाई युक्रेनले अस्वीकार गर्दै आएको छ । रुसले २०२२ मा आक्रमण गरेयता युक्रेनको करिब २० प्रतिशत भूभाग कब्जा थरेको बताइन्छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न आफूले प्रस्तुत गरेको योजना स्वीकार गर्न युक्रेनलाई एक हप्ताभन्दा कम समय दिएका छन् । यो योजना रुसका हितमा देखिने विश्लेषण हुँदै आएको छ । ट्रम्पले फक्स न्युजसँगको एक अन्तर्वार्तामा बिहीबारसम्मको समयसीमा तोकिएको बताए । यद्यपि सकाराम्तक कदम चालिए समय थप्न सकिने संकेत उनले गरे ।
२८ बुँदे योजनाले युक्रेनलाई केही भूभाग त्याग्ने, सेनाको आकार घटाउने र नेटोमा नजोडिने प्रतिबद्धता जनाउन दबाब दिएको छ । यी मागहरू लामो समयदेखि रुसका प्रमुख सर्त थिए ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रस्ताव प्राप्त भएको र यो शान्ति सम्झौताको आधार बन्न सक्ने बताएका छन् ।तर उनले अमेरिकासँग विस्तृत छलफल नभएको बताए । युरोपेली नेताहरूले युक्रेनप्रति समर्थन दोहोर्याउँदै कुनै पनि निर्णय गर्न युक्रेनसँग पनि समन्वय गर्ननुपर्ने बताएका छन् ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...
-
पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठुलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ ।...











