अमेरिकी २८ बुँदे प्रस्ताव पछि जेलेन्स्की भन्छन् ‘स्वाभिमान गुमाउनु कि अमेरिकाको साथ ?’
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाद्वारा प्रस्तावित शान्ति योजनाका कारण देश ‘एउटा अत्यन्त कठिन मोड’मा पुगेको बताएका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै जेलेन्स्कीले भने, ‘हामीलाई अब एक अति गम्भीर निर्णय गर्नुपर्ने स्थिति आएको छ । या त हामी आफ्नो राष्ट्रिय गरिमा त्याग्नेछौँ वा आफ्नो सबैभन्दा महत्त्वपूर्ण साझेदार अमेरिकाको समर्थन गुमाउनेछौँ ।’
उनका अनुसार यो युक्रेनको इतिहासकै सबभन्दा चुनौतीपूर्ण क्षणहरूमध्ये एक हो । हालै अमेरिकाले २८ बुँदे शान्ति प्रस्ताव गरेपछि जेलेन्स्कीको यस्तो भनाइ आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त प्रस्तावमा युक्रेनले पूर्वी दोनेत्स्क क्षेत्रबाट पछि हट्ने, सैन्य तैनाथी घटाउने र भविष्यमा नेटोमा कहिल्यै सदस्य नबन्ने जस्ता सर्तहरू राखिएका छन् । यी सर्तहरूलाई युक्रेनले अस्वीकार गर्दै आएको छ । रुसले २०२२ मा आक्रमण गरेयता युक्रेनको करिब २० प्रतिशत भूभाग कब्जा थरेको बताइन्छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न आफूले प्रस्तुत गरेको योजना स्वीकार गर्न युक्रेनलाई एक हप्ताभन्दा कम समय दिएका छन् । यो योजना रुसका हितमा देखिने विश्लेषण हुँदै आएको छ । ट्रम्पले फक्स न्युजसँगको एक अन्तर्वार्तामा बिहीबारसम्मको समयसीमा तोकिएको बताए । यद्यपि सकाराम्तक कदम चालिए समय थप्न सकिने संकेत उनले गरे ।
२८ बुँदे योजनाले युक्रेनलाई केही भूभाग त्याग्ने, सेनाको आकार घटाउने र नेटोमा नजोडिने प्रतिबद्धता जनाउन दबाब दिएको छ । यी मागहरू लामो समयदेखि रुसका प्रमुख सर्त थिए ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रस्ताव प्राप्त भएको र यो शान्ति सम्झौताको आधार बन्न सक्ने बताएका छन् ।तर उनले अमेरिकासँग विस्तृत छलफल नभएको बताए । युरोपेली नेताहरूले युक्रेनप्रति समर्थन दोहोर्याउँदै कुनै पनि निर्णय गर्न युक्रेनसँग पनि समन्वय गर्ननुपर्ने बताएका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












