विवादित दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्यसचिवमा किन नियुक्त गरिए ?
काठमाडौं । लुम्बिनी विकास कोष, लुम्बिनी विकास परिषद्को सदस्यसचिवमा विवादास्पद् छविका दिपक श्रेष्ठलाई नियुक्ति गरेर भ्रष्टाचार संस्थागत गर्ने काम गरेको आरोप प्रधानमन्त्रीलाई लागेको छ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्की आफैंसँग राखेका मन्त्रालयका सचिवहरुलाई भेला पारेर भ्रष्टाचार निणन्त्रण गर्न निर्देशन दिएको शब्द भुईँमा खस्न नपाउदै पर्यटन तथा नागरिक उद्यायन मन्त्रालय अन्तरगत रहेको लुम्बिनी विकास कोष, लुम्बिनी विकास परिषद्को सदस्यसचिवमा विवादित छविका दीपक श्रेष्ठलाई नियुक्ति गरेर भ्रष्टाचार संस्थागत गर्ने काम गरेको आरोप प्रधानमन्त्रीलाई लागेको हो ।
प्रधानमन्त्री कार्कीले पर्यटन तथा नागरिक उद्यायन मन्त्रालयबाट प्रस्ताव उठाउन लगाएर आफैले क्याविनेट बैठकमा सदस्यसचिवको प्रस्ताव पेस गरेको सहभागी एक मन्त्रीले बताएका हुन् । भ्रष्टाचार नगर्न निर्देशन पनि दिने अनि आफैंले नेतृत्व गरेको मन्त्रालयका सचिवलाई मओवादीका नेता भएर काम गरेका र नेपाल खानेपानी संस्थानमा कार्यरत इन्जिनियर दिपक श्रेष्ठलाई सदस्यसचिव नियुक्ति गरेर प्रधानमन्त्री कार्कीले दोहोरो भूमिका निभाएको आरोप पनि लागेको छ ।
श्रेष्ठको नियुक्ति गोरखा भनेर गरिएको छ । उनी नेपाल खानेपानी संस्थान पोखरा शाखाका शाखा प्रमुख हुन् । उनी माओवादी जनयुद्धमा तत्कालीन माओवादी नेता डा। बाबुराम भट्टराईका निकट सहयोगी भएर काम गरेका थिए । पछि मओवादी शान्ति प्रक्रियामा आएपछि नेपाल खानेपानी संस्थानमा इन्जिनियरमा स्थायी नियुक्ति लिएका हुन् । उनले संस्थानका महाप्रबन्धक भुपेन्द्र प्रसाद र शाखा प्रमुख ईश्वर प्रसादलाई कार्यकक्षमै हातपात समेत गरेका थिए ।
श्रेष्ठ लामो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर काम समेत गरेका थिए । अख्तियारमा रहँदा ११ वटा उजुरी परेकाले उनलाई हटाइएको थियो । अख्तियारमा कार्यरत हुँदा उनले मोलमोलाई गर्ने, पैसा असुल्नेलगायतका क्रियाकलाप गर्ने गरेका उजुरीमा उल्लेख थियो ।
उनी असल कर्मचारीका रुपमा दुई पटक पुरस्कृत पनि भए । उनी पुरस्कृत भएपछि खानेपानी क्षेत्रका ठेक्का पट्टा र कर्मचारीहरुको सरुवाका विषयमा अख्तियारमा परेका मुद्धामा आर्थिक चलखेल गर्न थालेपछि उनका विरुद्ध अख्तियारमा मुद्धा परेको थियो । त्यसपछि श्रेष्ठलाई अख्तियारको मौखिक अनुरोधमा नेपाल खानेपानी संस्थानले फिर्ता गरिदिनअनुरोध गरेपछि उनी अख्तियारबाट फिर्ता भएर लामो समय संस्थानमा कामकाजविहिन भएर बसेका थिए । यहि मंसिर १ गतेदेखि संस्थानको पोखरा शाखाको प्रमुखमा सरुवा भएका श्रेष्ठ सोही दिन पोखरामा हाजिर हुन पुगेका थिए ।
उनले खानेपानीका क्षेत्रका अनियमितता र अख्तियारको मुद्धामा व्यापक चलखेल गरेका थिए । उनी विवादस्पद व्यापारी ओमप्रकाश अग्रवालसँग आर्थिक लेनदेनमा समेत कुनैबेला मुछिएका थिए । उनी माओवादीका तत्कालीन नेता गोरखाका डा. बाबुराम भट्टराईको सिफारिसमा कोषको सदस्यसचिवमा नियुक्त भएका हुन् । उनले मोटो रकम प्रधानमन्त्री कार्की निकटका मानिसहरुलाई बुझाएको पनि समाचार स्रोतले दावी गरेको छ । उनी आफू निकटका सहकर्मीहरुलाई पनि बाटोमा गाडीले पेलिदिन्छु भन्दै धम्की दिने इन्जिनियर हुन्।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












