ताजा समाचार

माइतीघरमा जेनजीहरूबीच चर्काचर्की !

काठमाडाैं । माइतीघरमा राजावादी र गणतन्त्रवादी घाइते जेनजीहरूबीच जेनजी प्रदर्शनका रचर्काचर्की परेको छ ।

सरकारले माग सम्बोधन गर्न नसकेको भन्दै धर्नामा बसेका घाइते जेनजी र दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ अभियानका प्रदर्शनकारीबीच भनाभन भएको हो ।

भदौ २३ र २४ गतेको घटनामा घाइते भएका र सहिद परिवारका पीडितहरुले निशुल्क उपचार, उचित क्षतिपूर्तिलगायतको मागसहित माइतीघरमा निरन्तर धर्ना दिइरहेका छन् ।

प्रसाई नेतृत्वको समूहले पनि माइतीघरमै पुगेर प्रदर्शन गरेपछि चर्काचर्की परेकाे हाे। अवस्था तनावग्रस्त बन्ने देखिएपछि व्यापक प्रहरी परिचालन गरेर साम्य पारिएकाे थियाे ।

आज शान्तिपूर्ण प्रदर्शनको लागि माइतीघर पुगेका राजावादी जेनजीलाइ घाइते जेनजीले अन्यत्रै गएर प्रदर्शन गर्न भनेपछि राजावादीहरु चर्काचर्कीमा उत्रिएकाे बुझिएकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org