लगातार चौंथो जितकाे खाेजिमा मैदान उत्रिदै बिराटनगर !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बुधबार दिउँसो ४ बजे विराटनगरले चितवनको सामना गर्नेछ।
प्रतियोगिताको १२ औं खेलमा विराटनगर आफ्नो चौंथो खेलमा अपराजित रहने लक्ष्यमा रहँदा चितवन तेस्रो खेल खेल्न लागेको हो। चितवन अघिल्लो खेलमा लुम्बिनी लायन्स सँग ६ विकेटले हारेकाले जितको लयमा फर्कने लक्ष्य सहित मैदान उत्रिनेछ।
अर्को तर्फ विराटनगरले जारी सिजन निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकाले विराटनगर आफ्नो अपराजित यात्रा कायम राख्दै अघि बढ्ने लक्ष्यमा छ।विराटनगरले प्रतियोगिताका सबै तीन खेल जितेकाले आत्माविश्वासी रहेको छ।
विराटनगरले पहिलो खेलमा पोखरालाई ५३ रनले हराएको थियो भने दोस्रो खेलमा काठमान्डुलाई ५ विकेट तथा तेस्रो खेलमा जनकपुर माथि ९ रनको रोमाञ्चक जित निकालेको थियो। त्यसैले पनि विराटनगर यो खेलमा पनि तुलनात्मक रुपमा आत्माविश्वासी देखिन्छ।
चितवनले भने पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदा दोस्रो खेलमा लुम्बिनीसँग हारेको थियो। त्यसैले उसका लागि यो खेल निकै महत्वपूर्ण हुने छ।
अङ्क तालिकामा सुदुरपश्चिम र बिराटनगर ३ खेलमा तीन जित सहित शीर्ष स्थानमा रहँदा काठमान्डुले ४ खेलमा दुइ जित निकालेर ४ अङंक सहित तेस्रो स्थानमा छ भने लुम्बिनी, चितवन र कर्णाली को समान २२ अङ्क रहेको छ।
प्रतियोगितामा साविक च्याम्पियन जनकपुर र पोखरा भने दुइ खेलबाट जितविहीन रहेका छन्।
Comments
अरु समाचार
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...












