लगातार चौंथो जितकाे खाेजिमा मैदान उत्रिदै बिराटनगर !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बुधबार दिउँसो ४ बजे विराटनगरले चितवनको सामना गर्नेछ।
प्रतियोगिताको १२ औं खेलमा विराटनगर आफ्नो चौंथो खेलमा अपराजित रहने लक्ष्यमा रहँदा चितवन तेस्रो खेल खेल्न लागेको हो। चितवन अघिल्लो खेलमा लुम्बिनी लायन्स सँग ६ विकेटले हारेकाले जितको लयमा फर्कने लक्ष्य सहित मैदान उत्रिनेछ।
अर्को तर्फ विराटनगरले जारी सिजन निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकाले विराटनगर आफ्नो अपराजित यात्रा कायम राख्दै अघि बढ्ने लक्ष्यमा छ।विराटनगरले प्रतियोगिताका सबै तीन खेल जितेकाले आत्माविश्वासी रहेको छ।
विराटनगरले पहिलो खेलमा पोखरालाई ५३ रनले हराएको थियो भने दोस्रो खेलमा काठमान्डुलाई ५ विकेट तथा तेस्रो खेलमा जनकपुर माथि ९ रनको रोमाञ्चक जित निकालेको थियो। त्यसैले पनि विराटनगर यो खेलमा पनि तुलनात्मक रुपमा आत्माविश्वासी देखिन्छ।
चितवनले भने पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदा दोस्रो खेलमा लुम्बिनीसँग हारेको थियो। त्यसैले उसका लागि यो खेल निकै महत्वपूर्ण हुने छ।
अङ्क तालिकामा सुदुरपश्चिम र बिराटनगर ३ खेलमा तीन जित सहित शीर्ष स्थानमा रहँदा काठमान्डुले ४ खेलमा दुइ जित निकालेर ४ अङंक सहित तेस्रो स्थानमा छ भने लुम्बिनी, चितवन र कर्णाली को समान २२ अङ्क रहेको छ।
प्रतियोगितामा साविक च्याम्पियन जनकपुर र पोखरा भने दुइ खेलबाट जितविहीन रहेका छन्।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












