ताजा समाचार

आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ ।

बैंकले सूचना जारी गर्दै आजदेखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको हो । नयाँ विशेषतासहित चलनचल्तीमा आएको नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।

नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहने छ । साबिककै आकार र रङमा आउन लागेको हो । यसैगरी, अशोक स्तम्भसँगै दृष्टिविहीनहरुलाई नोट पहिचानका लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला र बाँयातर्फ अण्डकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र रहेको बैंकले जनाएको छ ।

सुरक्षाका लागि नोटमा २ मिमी चौडा भएको र सीधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रङ देखिने सुरक्षा धागो राखिएको छ ।

नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org