संस्थागत रूपमै चुनावका काममा सहयोग गर्न एमालेलाई प्रधानमन्त्री कार्कीको आग्रह
काठमाडौं । संस्थागत रूपमै चुनावका काममा सहयोग गर्न प्रधानमन्त्री सुशीला कार्कीले एमाले पार्टीका नेताहरुलाई आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले उक्त दलका नेताहरूलाई बोलाएर बिहीबार बालुवाटारमा छलफल गरिन् । त्यसक्रममा एमालेले संस्थागत रूपमै अब निर्वाचनमा जाने कुरामा अग्रसरता देखाउन आग्रह गरिन् ।
उनले एमालेले देखाएका सुरक्षा लगायतका चासोहरुलाई सम्बोधन गर्न सरकार लागिरहेको उल्लेख गरिन् । बैठकमा सहभागी एमाले नेता महेश बर्तौलाका अनुसार सरकारको गठनको विषय नै संवैधानिक परीक्षणको क्रममा रहेकाले यसको छिनोफानो भएपछि मात्र अन्य कुरा अघि बढ्न सक्ने धारणा एमाले नेताहरूले राखेका थिए ।
निष्पक्षता र निर्भयतासाथ चुनाव हुने विश्वस्त वातावरण नभएको एमाले नेताहरूले बताएका थिए । एमाले नेताहरूले निवर्तमान आइजीपी चन्द्रकुबेर खापुङ पदकबाट हट्ने बित्तिकै उनलाई स्थानहद गरिएको घटनाले प्रहरीको मनोबल झन् खस्किएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
भागेका कैदीबन्दी, लुटिएका हतियार फेला नपरेको लगायतका विषयहरू पनि उनीहरुले उठाएका थिए । एमाले नेताहरूले पार्टी लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले जनतामा जाने कुरालाई जहिले पनि प्राथमिकता राख्ने धारणा प्रधानमन्त्रीसँग राखेका थिए । एमाले नेताहरूले संवैधानिक परीक्षणको पाटोबाट छिटो टुंगिए अन्य विषय सहज रूपमा जानसक्ने धारणा राखेका थिए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












