ताजा समाचार

सुनको मूल २ लाख ५० हजार नाघ्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेसँगै सुनको मूल्य २ लाख ५० हजार नाघेको हो ।

महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख ५० हजार ६ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । चाँदी प्रतितोला आज ६५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org