सेनालाई निर्देशन दिँदै प्रधानमन्त्रीले भनिन्- ‘आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा शान्तिपूर्ण वातावरण सुनिश्चित गर्दै एक थोपा पनि रगत नबग्ने र कुनै पनि व्यक्ति घाइते नहुने गरी सुरक्षा व्यवस्था मिलाउन नेपाली सेनालाई निर्देशन दिएकी छिन्।
नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमणपछि उनले निर्वाचन सुरक्षाको तयारीबारे जानकारी लिँदै सेनालाई स्पष्ट कार्ययोजनासहित अघि बढ्न आग्रह गरिन्। जनतालाई पूर्ण सुरक्षाको अनुभूति दिलाउने, प्रहरी कारबाहीलाई सहजीकरण र सहयोग गर्ने तथा सबै राजनीतिक दलका गतिविधि निर्वाध रूपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न उनले जोड दिइन्।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा लुटिएका तथा हराएका हातहतियार खोजी र नियन्त्रणमा लिन, सुरक्षा निकायबीच सहकार्य बढाउँदै स्थिति सामान्य बनाउन र फरार अपराधी पक्राउ गर्न प्रहरीलाई अधिकतम सहयोग गर्न पनि सेनालाई निर्देशन दिएकी छन्।
यस अवसरमा नेपाली सेनाले वर्तमान सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी कार्ययोजनाबारे ब्रिफिङ प्रस्तुत गरेको थियो। साथै निर्वाचन सुरक्षामा सेना परिचालनको रणनीति र ढाँचाबारे पनि जानकारी गराइएको थियो।
प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारको प्रमुख जिम्मेवारी मुलुकमा शान्ति–सुरक्षा कायम गर्दै यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु रहेको बताउँदै सो कार्यमा नेपाली सेनाले तोकिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
















