ताजा समाचार

फागुन २१ को चुनावमा भाग लिन १२० दल आयोगमा दर्ता !

काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा चुनावमा भाग लिन १२० राजनीतिक दलले निवेदन दिएका छन् ।

निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ को निर्वाचनमा भाग लिनका लागि यही मंसिर १ गतेदेखि १४ गतेसम्म ती दलले दर्ताको निवेदन पेश गरेका हुन् ।

आयोगमा दर्ता भएका १४३ वटा दलमध्ये २३ वटाले भने निवेदन दिएनन् । जेन-जी आन्दोलनपछि २५ वटा नयाँ दल दर्ता भएकोमा २० हाराहारीले निवेदन दिएका छन् ।

११ वटा जति नयाँ दल दर्ताको प्रक्रियामा रहे पनि आवश्यक कागजात पुर्‍याउन नसकेकाले उनीहरू चुनावमा भाग लिनबाट वञ्चित हुने छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी), धरानका मेयर हर्क साम्पाङको श्रम संस्कृति लगायतका दल छन् ।

कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले एकल चिन्हमा निर्वाचनमा भाग लिने गरी आयोगमा निवेदन दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org