बालिका हत्यामा छिमेकीको हात, ३ महिना पछि खुल्याे रहस्य
काठमाडौं । मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा मुख्य आरोपी पदम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी गौतमका छिमेकी हुन् ।
लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया अंशु गौतमको घटनालगत्तै अधिकारी भारतको आसामस्थित तीनसुकिया पुगेका थिए । अनुसन्धानका क्रममा हत्यामा उनकै संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । अधिकारीले आफूले बालिका गौतमलाई हँसियाले रेटेर र खुकुरी प्रहार गरी हत्या गरेको बताएका प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार राति घर फर्केका उनलाई प्रहरीले राति पक्राउ गरेको हो । अंशुका बुबा नवीन गौतमले उनीविरुद्ध किटानी जाहेरी दर्ता गराएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनाको विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ । असोज २१ गते हत्या भएकी अंशुको शव १८ दिनपछि चिसाङ खोलानजिकैको जंगलमा फेला परेको थियो ।
Comments
अरु समाचार
-
बालेन शाहले मेयर पदबाट राजीनामा नदिई घण्टीघर प्रवेश गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजिनामा दिएर औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने...
-
कांग्रेस आधिकारिकता विवाद : देउवा समूहको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई तोकियो पेसी
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
चुनावअघि नै रवि प्रधानमन्त्री हुने चलखेल, सुशीला कार्कीलाई हटाइने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विभिन्न मुद्धाहरु फिर्ता भएसँगै प्रधानमन्त्री बन्ने सुरमा लागेको बुझिएको छ...
-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन हुने
काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे...
-
गायक प्रशान्त तामाङको निधन
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनको ४२ वर्षको उमेरमा आज दिल्लीमा निधन भएको संगीतकार...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
कुलमान घिसिङ विरुद्ध लगातार आगो ओकल्दै काशिका तामाङ !
काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति बनेका ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै कडा कटाक्ष गरेकी...











