ताजा समाचार

प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त

काठमाडाैं । निर्वाचन  आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको ६० प्रतिशत काम सम्पन्न भइसकेको वताएका छन् ।

सार्वजनिक सेवा प्रसारण नेपाल नेपाल टेलिभिजनसंग कुरा गर्नु हुदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सामाग्री व्यवस्थापन, ऐन, कानुन, नीति, निर्देशिका निर्माण, मतदाता नामावली अध्यावधिक र राजनीतिक दल दर्ता लगाएका महत्वपूर्ण काम सम्पन्न भएको वताउनु भएको हो ।

उनले निर्वाचनको विकल्प उत्तम निर्वाचन मात्रै भएको भन्नुहुँदै आगामी फागुन २१ गते सफलता पूर्वक प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न हुने पनि बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org