ताजा समाचार

जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !

काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ।

आयोगले २३ र २४ भदौमा उनी गृह मन्त्रालयको जिम्मेवारीमा भएकाले तत्कालीन समयमा भएका घटना र पहलसहितका विषयमा बयान लिन लागेको हो ।

यसअघि जाँचबुझ समितिले दुवाडीलाई विदेश जानसहित स्थानीय रूपमा पनि स्थानहद लगाएको थियो। तर उनले आफू योजना निर्माणमा उपत्यका बाहिर जानु पर्ने भनी निवेदन दिएपछि हटाइएको थियो ।

जेन–जी आन्दोलनमा दमन गर्न दुवाडीको पनि भूमिका रहेको भन्दै उनलाई पनि आयोगले सुरुमै कडाइ गरेको थियो । आज दुवाडीसँग बयान लिएपछि आयोगले वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाउने तयारी गरेको छ।

आईजीपी कार्कीको बयान दुवाडीपछि हुने जाँचबुझ आयोगका प्रवक्ता समेत रहेका पूर्वएआईजी विज्ञानराज शर्माले जानकारी दिए। उनका अनुसार त्यसपछि तत्कालीन गृहमन्त्री रमेश लेखकलाई र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org