ताजा समाचार

एमाले महाधिवेशनः उद्घाटन स्थलमा उच्च सुरक्षा सतर्कता,बम डिटेक्टर र तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन उद्घाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ ।

विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने कुकुरहरु र बम डिकेक्टर उपकरणसहित प्रहरीहरु बिहानैदेखि परिचालित छन् । प्रहरीले उद्घाटन समारोहको मञ्च तथा समारोह स्थल वरपर कुकुर डुलाइरहेका छन् ।

अरनिको राजमार्गसँगै जोडिएको भक्तपुर सल्लाघारीको सार्वजनिक जग्गामा महाधिवेशन उद्घाटन समारोह हुँदैछ ।

उद्घाटन समारोह आज मध्याह्न १२ बजेदेखि सुरु हुने एमालेले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org