‘एमाले महाधिवेशन राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण सन्देश’
काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एमाले महाधिवेशनमा देखिएको उत्साहजनक सहभागिताले मतदान प्रक्रियाबाट नेतृत्व छनोट प्रक्रियाले पार्टीको आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण सन्देश दिएको बताएका छन् ।
अत्यन्त शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सकिएपछि ज्ञवालीले पछिल्ला राजनीतिक घटनाक्रमपछि मूलधारका राजनीतिक दलहरूको सान्दर्भिकता समाप्त भएको भन्ने भाष्यलाई एमालेले व्यवहारबाटै खण्डन गरेको उल्लेख गरेका छन् ।
‘भदौको अन्तिम साताका घटनाक्रम पश्चात् मूलधारका राजनीतिक पार्टीहरूको सान्दर्भिकता समाप्त भयो भनेर निर्माण गरिएको भाष्यलाई मङ्सिर २७ गते सल्लाघारीमा उपस्थित विशाल जनसहभागिताले खण्डित गरेको थियो भने नेतृत्व निर्माणका लागि भएको स्वस्थ, सौहार्द प्रतिस्पर्धाले पार्टीको आन्तरिक लोकतन्त्रलाई जीवन्त बनाएको छ’, उनले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
महाधिवेशनमा देखिएको उच्च सहभागिता र लोकतान्त्रिक प्रतिस्पर्धाले पार्टीको आन्तरिक जीवनमा मात्र सीमित नभइ देशको राजनीतिमा नै सकारात्मक प्रभाव पार्ने उनको धारणा छ । ‘यी दुबै पक्षको सकारात्मक प्रभाव एमालेभित्र मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमै पर्नेछ,’ उनको भनाइ छ।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हिजो बिहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया आज बिहान सम्पन्न भएको छ । कुल २२ सय ६३ प्रतिनिधिमध्ये २२ सय २७ जनाले मतदान गरेसँगै महाधिवेशनको मतदान प्रक्रिया औपचारिक रूपमा टुङ्गिएको हो।
एमालेको ११औँ महाधिवेशनमा विद्युतीय मतदान मेसिनमार्फत निर्वाचन गरिएको थियो। मतदानमा ९८ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता रहनुले पार्टी सङ्गठनको सक्रियता र महाधिवेशनप्रतिको चासो प्रष्ट पारेको नेताहरूको विश्लेषण छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











