संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् ।
पाँचखपन नगरपालिका –६ का कृषक भिम कुमार थापा सम्मानित भएका छन् । पाँचखपन –६ का कृषक थापाले यो वर्ष ६० मुरीभन्दा बढी धान उत्पादन गर्न सफल भएका हुन् ।
खाद्यान्नमा आत्मनिर्भर बनाउन र किसानलाई थप प्रोत्साहन गर्न सो नवीनतम योजनालाई कार्यान्वयन गरिएको जनाइएको छ ।
पाँचखपन नगरपालिकाभित्र सबैभन्दा बढी धान उत्पादन गर्ने कृषकका रूपमा थापालाई नगद ३० हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो । कृषक थापाको खलामै पुगेर सम्मान पत्रसहित नगद ३० हजार रुपैयाँ दिएर सम्मान गरिएको पाँचखपन–६ का अध्यक्ष विष्णु श्रेष्ठले बताए ।
आर्थिक बर्ष २०८२/०८३ को विनीयोजित बजेट ऐकैखला खेतमा सबैभन्दा बढि धान उत्पादन गर्नै कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम शिर्षक अन्तर्गत कृषकलाई थापा पुरस्कृत गरिएको हो । कृषि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने कृषक थापालाई सम्मान गरिएको वडाध्यक्ष श्रेष्ठले बताए।
कृषकको हौसला बढाउन तथा उत्पादनमा आधारित प्रोत्साहन दिन पुरस्कृत गरिएको उनको भनाइ छ । आगामी दिनमा पनि उत्पादनमा आधारित कृषक सम्मान, तालिम, बीउ तथा प्रविधि सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
Comments
अरु समाचार
-
चुनावअघि नै रवि प्रधानमन्त्री हुने चलखेल, सुशीला कार्कीलाई हटाइने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विभिन्न मुद्धाहरु फिर्ता भएसँगै प्रधानमन्त्री बन्ने सुरमा लागेको बुझिएको छ...
-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन हुने
काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे...
-
गायक प्रशान्त तामाङको निधन
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनको ४२ वर्षको उमेरमा आज दिल्लीमा निधन भएको संगीतकार...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
कुलमान घिसिङ विरुद्ध लगातार आगो ओकल्दै काशिका तामाङ !
काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति बनेका ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै कडा कटाक्ष गरेकी...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
विश्वविख्यात भौतिकशास्त्रीको उपस्थितिमा आज त्रिविको दीक्षान्त समारोह !
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना...
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...











