विदेशी हालीमुहाली संस्थागत गर्न रवि–बालेन सम्झौता: हर्क साम्पाङ
काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको ७ बुँदे सम्झौताको कडा शब्दमा आलोचना गरेका छन्। उनले उक्त सम्झौता सत्तालोभ र विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने उद्देश्यले गरिएको आरोप लगाएका छन्।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै साम्पाङले भने, “कुर्सिको लागि र यो देशलाई लिलाम गर्नका लागि सम्झौता गरिएको हो। विदेशी हालीमुहाली प्रत्यक्ष महसुस भइसकेको छ, अब त्यसलाई संस्थागत गर्न खोजिँदैछ।” नाम नलिई रवि लामिछाने र बालेन शाहलाई लक्षित टिप्पणी गर्दै साम्पाङले विशेषगरी बालेनमाथि तीव्र आलोचना गरे। उनले जेन–जी आन्दोलनको समयमा देश अशान्त हुँदा टुलुटुलु हेरेर बसेको र भित्रभित्रै डरलाग्दो खेल खेलेको आरोप लगाए।
“जो भित्र लुकेर डरलाग्दो खेल खेल्छ, जेन–जीलाई उक्साएर भिडन्तमा पठाउँछ, ७०–८० जना हताहत हुँदा पनि बाहिर आउँदैन,” साम्पाङले भिडियोमा भनेका छन्। साथै उनले एमसीसीसँग सम्बन्धित विषयमा पनि रवि लामिछानेतर्फ संकेत गर्दै आलोचनात्मक टिप्पणी गरेका छन्। हर्क साम्पाङको यो प्रतिक्रिया रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे राजनीतिक सम्झौता सार्वजनिक भएपछि आएको हो। उक्त सम्झौताअनुसार दुवै जना एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने सहमतिमा पुगेका छन्। सम्झौतामा रास्वपाको नेतृत्व रवि लामिछानेले गर्ने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बनाइने उल्लेख छ।
सम्झौतामा पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत् राख्ने, जेन–जी आन्दोलनको अपनत्व लिने, भ्रष्टाचार र कुशासनविरुद्ध नीतिगत तथा संरचनागत सुधार गर्ने, र नेपाललाई १० वर्षभित्र मध्यम आय भएको देश बनाउने लक्ष्य राखिएको छ। बालेन शाह मेयर पदबाट राजीनामा दिएर सक्रिय पार्टी राजनीतिमा प्रवेश गर्ने सम्भावनासमेत देखिएको छ। रवि–बालेन सहकार्यलाई ‘वैकल्पिक राजनीतिक शक्ति’ को रूपमा प्रस्तुत गरिए पनि हर्क साम्पाङको तीव्र आलोचनाले यस सम्झौतामाथि राजनीतिक बहस थप चर्किने संकेत देखिएको छ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











