समानुपातिकको बन्द सूची बनाउँदै दलहरु, प्रमुख दलहरुको बैठक जारी
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गतको समानुपातिक निर्वाचन प्रणाली अनुसार दलहरुले आज उम्मेद्वारको बन्द सूची पेश गर्दैछन ।
यसका लागि प्रमुख दलहरु आफ्नो बैठक र छलफलमा व्यस्त छन । दलहरुको छलफलको रफ्तार हेर्दा आज बन्द सूची बुझाउन रातिसम्म लाग्ने देखिन्छ ।
निर्वाचन आयोगले हिजो र आज गरी दुई दिनभित्र दलहरुलाई बन्द सूची पेश गर्न समयसीमा तोकेको थियो । दलहरुले गृहकार्य गर्न समय लाग्ने भएकोले बन्द सूची पेश गर्ने समय लम्ब्याइदिन भनेका थिए तर आयोगले निर्वाचनको कार्यतालिका नै प्रभावित हुने भएकोले नमिल्ने अडान राखेपछि आजै बन्द सूची बुझाउनुपर्ने बाध्यात्मक अवस्था छ ।
उम्मेद्वारको नामावली टुंग्याउन केही दिनदेखि बसिरहेको नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ । र आजको बैठकले साँझसम्ममा नामावलीसहितको बन्द सूची बुझाउने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभएको छ ।
काँग्रेसमा उम्मेद्वारको मापदण्ड बनेको भएपनि आफ्नो समुह वा गुटको उम्मेद्वार समानुपातिक सूचीमा राख्न निकै रस्काकस्सी भइरहेको छ ।
उता नेकपा एमालेमा पनि उम्मेद्वाहरुको टुंगो लागेको छैन । यसका लागि एमाले सचिवालयको बैठकले आज वेलुकीसम्म नामसहितको बन्द सूची बुझाउने एमालेले जनाएको छ ।
महाधिवेशन लगत्तै बुझाउनुपर्ने सूचीमा महाधिवेशनमा पराजित भएका नेताहरुको विषयमा एमालेभित्र व्यापक छलफल भएपनि कुनै निर्णय भने भएको छैन ।
यसैगरी, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० ले पनि बन्द सूची बुझाएको छैन । तर यो नेकपाले यसअघि समानुपातिकको सूचीमा परेकाहरुलाई उम्मेद्वार नबनाउने नीति लिएको छ ।
यता, नयाँ शक्तिको रुपमा देखा परेको रास्वपा पनि बन्द सूचीमा उम्मेद्वारहरुको छनौट गर्न व्यस्त छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको एकीकरण पछि दुबै पक्षबाट समानुपातिक उम्मेद्वार रहने गरी छलफल भइरहेको सो पार्टीले जनाएको छ ।
अर्कोतर्फ, बन्द सूची बुझाउने अन्तिम दिनसम्म पनि मधेशबादी दलहरु पार्टी एकता गर्न व्यस्त छन । पार्टी एकतासँगै उनीहरुमा पनि तत्काल समानुपातिकको सूची बुझाउनुपर्न दवाव छ । यसका लागि ती दलहरु छलफलमा छन।
नयाँ दर्ता भएको उज्यालो नेपाल पार्टीले पनि छुट्टै समानुपातिकको बन्द सूची बुझाउने तयारी गरेको छ । रास्वपासँगको एकता संभव नभएको भन्दै सो पार्टीले छुट्टै समानुपातिक सूची बुझाउन लागेको हो ।
राप्रपाले पनि आज बैठक डाकेर समानुपातिक उम्मेद्वारको टुंगो लगाउने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ ।।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












