ताजा समाचार

कपडा सुकाउने क्रममा करेन्ट लाग्दा घट्याे दुखद घटना !

काठमाडौं । कञ्चनपुर बेलौरी नगरपालिका–७ पौलाहमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ ।

आफ्नै घरमा धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छोएपछि करेन्ट लाग्दा २८ वर्षीया हरिना चौधरी घाइते भएकी थिइन् ।

घाइते अवस्थामा रहेकी चौधरीलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी पठाइएको थियो ।

उपचारकै क्रममा बिहान चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org