पूर्वगृहमन्त्री लेखकले जाँचबुझ आयोगमा दिए बयान, के भने ?
काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगमा बयान दिएका छन् ।उनले ६ पृष्ठ लामो बयान सोमबार पौने १ बजेदेखि पौने ३ बजेसम्म करिब दुई घण्टा आयोगसमक्ष दिएका हुन् । गौरीबहादुर कार्की संयोजक रहेको आयोगमा बयान दिएपछि उनले कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेका छन् ।
आयोगमा दिएको बयानमा लेखकले आन्दोलनको पृष्ठभूमि, त्यसबेलाको सुरक्षा व्यवस्था, आफूले लिएको नैतिक जिम्मेवारी र आयोगप्रतिको अपेक्षाबारे स्पष्ट पारेका छन् । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीका रुपमा आफूले सुरक्षाकर्मीलाई बल प्रयोग वा गोली चलाउन आदेश दिने कुनै कानुनी व्यवस्था नरहेको बताएका छन् ।
‘मन्त्रीले गोली चलाउनु वा दमन गर्नु भनेर आदेश दिन मिल्दैन । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा गोली प्रहार गर्न न त लिखित न त मौखिक आदेश दिइएको हो,’ उनले बयानमा उल्लेख गरेका छन् । यस्तो आदेश दिने कानुनी प्रावधान नै नभएको पनि उनले स्पष्ट पारेका छन् ।
राजनीतिक नेतृत्वको हैसियतले घटनाको पदीय नैतिक जिम्मेवारी स्वीकार गर्दै आफूले राजीनामा दिएको लेखकको भनाइ छ । आन्दोलनका क्रममा नियोजित र प्रायोजित ढंगले नेताका घर, आश्रम र राज्यका संरचनामाथि आक्रमण भएको दाबी उनले गरेका छन् । भदौ २४ गते छानीछानी आक्रमण गरिएको, नेताहरूका आश्रम जलाइएको र गम्भीर आपराधिक गतिविधि भएको उनले बताएका छन् ।
लेखकका अनुसार जेन–जी आन्दोलनमा घुसपैठ भएको थियो । भदौ २३ गते जुलुस माइतीघरबाट नयाँबानेश्वर पुगेपछि घुसपैठ सुरु भएको र जेन–जी पक्षले आन्दोलन सकिएको घोषणा गरिसक्दा पनि पूर्वनियोजित रुपमा विध्वंश गराइएको उनले उल्लेख गरेका छन् । जेन–जी आन्दोलनको नाममा घुसपैठ गरी तोडफोड र हिंसा मच्चाइएको उनको निष्कर्ष छ ।
Comments
अरु समाचार
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
‘विपद् व्यवस्थापानको काममा निरन्तरता, चाँडोभन्दा चाँडो सक्ने प्रयास
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...
-
मधेसमा दुई महिनामा ४५९ विपद्का घटना, ९२ जनाको ज्यान गयो
जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई महिनामै विपद्का ४५९ घटना भएका छन् । ती घटनामा...













