बैंकिङ क्षेत्रको अधिकांश श्रोत साधन बाग्मती प्रदेशमा नै केन्द्रिकृत
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि अध्ययन सम्वन्धी एकीकृत वार्षिक प्रतिवेदन २०८१÷०८२ सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको यो प्रतिवेदन अनुसार बैक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा ११.९५ प्रतिशतले वृद्घि भई रु.१६ खर्र्ब ९९ अर्ब ४९ करोड पुगेको छ ।
गत वर्षको सोही अवधिमा यस्तो कर्जा ९.३५ प्रतिशतले बढेको थियो । कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३०.४२ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये सबैभन्दा बढी गैर–खाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३५.२७ प्रतिशत, विद्युत ग्याँस तथा पानीसम्बन्धी उद्योगमा २६.२६ प्रतिशत, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २१.८५ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा ११.७० प्रतिशत, धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी उद्योगमा ४.२३ प्रतिशत र सबैभन्दा कम खानीसम्बन्धी उद्योगमा ०.६९ प्रतिशत कर्जा प्रवाह भएको छ ।
प्रतिवेदन अनुसार औद्योेगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी रु.१२ खर्ब ८० अर्ब ९७ करोड कर्जा लगानीमा रहेको छ । त्यसपछि कोशी र लुम्बिनी प्रदेशको हिस्सा क्रमशः दोस्रो र तेस्रो क्रममा रहेको छ । औद्योगिक कर्जामा कोशी प्रदेशमा प्रवाहित कर्जाको हिस्सा ९.५ प्रतिशत, मधेश प्रदेशको ७.५ प्रतिशत, बागमती प्रदेशको ७१.३ प्रतिशत, गण्डकी प्रदेशको १.६ प्रतिशत, लुम्बिनी प्रदेशको ८.३ प्रतिशत, कणर्् ाली प्रदेशको ०.२ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.६ प्रतिशत रहेको छ ।
वित्तीय सेवा २०८२ असार मसान्तसम्ममा वाणिज्य बैंकका ५ हजार ९९, विकास बैंकका १ हजार १ सय ३२, वित्त कम्पनीका २ सय ९१ तथा लघुवित्त वित्तीय संस्थाका ५ हजार ४ र पूर्वाधार विकास बैंकको १ गरी जम्मा ११ हजार ५ सय २७ शाखाहरु सञ्चालनमा रहेका छन् (अनुसूची तालिका १२)। यसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ३ हजार ३८ तथा कर्नाली प्रदेशमा सबैभन्दा कम ४ सय ७९ शाखाहरु सञ्चालनमा रहेका छन् । २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०८१ असार मसान्तको तुलनामा १२.५ प्रतिशतले वृद्धि भई रु.७२ खर्ब ९५ अर्ब ६९ करोड पुगेको छ (चार्ट ५.४) । गत वर्ष यस्तो निक्षेप १२.४ प्रतिशतले वृद्धि भएको थियो ।
२०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा ८.२ प्रतिशतले वृद्धि भई रु.५५ खर्ब ८६ अर्ब २९ करोड पुगेको छ (चार्ट ५.४) । अघिल्लो वर्ष यस्तो कर्जा ५.९ प्रतिशतले वृद्धि भएको थियो । २०८२ असार मसान्तमा कुल कर्जा कुल निक्षेप अनुपात ७६.६ प्रतिशत रहेको छ । २०८१ असार मसान्तमा यस्तो अनुपात ७९.६ प्रतिशत रहेको थियो । कर्जा निक्षेप अनुपात मधेश प्रदेशमा सबैभन्दा बढी १२१.६ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम ५८.३ प्रतिशत रहेको छ ।
प्रतिवेदन अनुसार २०८२ असार मसान्तमा बै ंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेपमा बागमती प्रदेशबाट परिचालन गरिएको निक्षेपको अंश सबैभन्दा धेरै ६५.८ प्रतिशत रहेको छ । कुल कर्जा प्रवाहमा बागमती प्रदेशमा गरिएको कर्जा प्रवाहको अंश सबैभन्दा धेरै ५९.५ प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा ६.६ प्रतिशतले वृद्धि भई रु.२१ खर्र्ब ८४ अर्ब ४ करोड पुगेको छ । गत वर्ष यस्तो कर्जा ३.५ प्रतिशतले बढेको थियो । कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश ३९.१ प्रतिशत रहेको छ ।
सेवा क्षेत्रमा प्रवाह भएको कर्जामध्ये थोक तथा खुद्रा विक्रेता उपक्षेत्रमा सबैभन्दा बढी ४७.३ प्रतिशत कर्जा प्रवाह भएको छ भने रियल स्टेट उपक्षेत्रमा १२.२ प्रतिशत, पर्यटन उपक्षेत्रमा ११.८ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पत्ति उपक्षेत्रमा ११.३ प्रतिशत, शिक्षा उपक्षेत्रमा ६.६ प्रतिशत, यातायात, भण्डारण र सञ्चार उपक्षेत्रमा ३.७ प्रतिशत, अन्य सेवा उपक्षेत्रमा ३.७ प्रतिशत र स्वास्थ्य र अन्य सामाजिक कार्य सम्बन्धी उपक्षेत्रमा ३.३ प्रतिशत कर्जा प्रवाह भएको छ । सेवा क्षेत्रमा प्रवाहित कर्जामध्ये बागमती प्रदेशमा प्रवाहित कर्जाको हिस्सा सबैभन्दा बढी (५९.५ प्रतिशत) रहेको छ ।
Comments
अरु समाचार
-
गगन थापा नेतृत्वको समिति पनि निर्वाचन आयोगमा
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा नेतृत्वको समूह शुक्रबार दिउँसो निर्वाचन आयोग जाने भएको छ । सभापति थापासहित...
-
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको...
-
कांग्रेसमा आधिकारिकता विवाद : देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगे
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरु कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा निर्वाचन आयोग पुगेका छन् । विशेष...
-
देशलाई लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं काठमाडौं महानगर प्रमुखबालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व...
-
निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य...
-
झापामा चुनाव लड्छु भनेर धाक नलगाउन बालेनलाई ओलीको चुनौती
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग चुनाव लड्न झापा आउँछु भनेर धाक...
-
चुनावअघि नै रवि प्रधानमन्त्री हुने चलखेल, सुशीला कार्कीलाई हटाइने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विभिन्न मुद्धाहरु फिर्ता भएसँगै प्रधानमन्त्री बन्ने सुरमा लागेको बुझिएको छ...
-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन हुने
काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे...
-
मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान हो तिल: डा. ओम मूर्ति अनिल
डा. ओम मूर्ति अनलीको सुझाव – जाडोमा हाडजोर्नी र इम्युनिटी बलियो बनाउन यसरी खानुहोस् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति...











