ताजा समाचार

विशेष महाधिवेशनको मागलाई वेवारिसे हुन दिँदैनौँ : कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागलाई बेवारिसे हुन नदिने बताएका छन्। कानुनविद्हरूसँगको छलफलमा उनीहरू विशेष महाधिवेशन बाध्यकारी छ भन्नेमा स्पष्ट रहेको बताए। छलफलमा बरिष्ठ अधिवक्ता तथा डिएल ए अध्यक्ष सिताराम केसी, नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरे, यदुनाथ खनाल, अधिवक्ता सेमन्त दाहाल, रामचन्द्र (आरसी) गौतम लगायतका कानून ब्यवसायीहरु थिए ।

उनीहरूले भने, ‘विधानतः ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेपछि विशेष महाधिवेशन बाध्यकारी छ भन्नेमा स्पष्ट छौँ। अझै पनि हाम्रो प्रयास केन्द्रले आफैँ बोलाउनुपर्छ भन्ने छ। त्यसका लागि लागेका छौँ, अन्तिमसम्म लाग्नेछौँ। केन्द्रले बोलाएन भने यो माग बेवारिसे हुन सक्दैन।’

विधान र कानुन बमोजिम पुरा गर्नुपर्ने जिम्मेवारी र कर्तव्य आफूहरू सचेततापूर्वक पुरा गर्ने बताए। निर्वाचन अगाडि महाधिवेशन गरेर नयाँ ऊर्जा, नीति, सङ्कल्प सहित पार्टी निर्वाचनमा जानुपर्ने आफूहरूको प्रयत्न रहेको बताए। उनीहरूको भनाइ छ, ‘हामीले बारम्बार भनेका छौँ नेतृत्वमा हामी को रहने भन्ने विषय गौण हो पार्टीको अस्तित्व, पद्धतिको विषय महत्त्वपूर्ण हो।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org