ब्रान्ड हाउससँग नेपाली एमएमए स्टार रबिन्द्र धान्त ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्धित
काठमाडौं, नेपाल । काठमाडौंको दरबारमार्ग लगायतका स्थानमा स्टोरहरु रहेको अग्रणी मल्टि–ब्रान्ड लाइफस्टाइल स्टोर ब्रान्ड हाउसले प्रख्यात नेपाली व्यावसायिक मिक्स्ड मार्शल आर्ट्स (MMA) खेलाडी रबिन्द्र धान्तलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्धित गरेको घोषणा गरेको छ।
यो साझेदारी ब्रान्ड हाउसका लागि खेलकुद, फिटनेस तथा स्वदेशी प्रतिभाको प्रवर्द्धनप्रति गरिएको प्रतिबद्धताको एक महत्वपूर्ण कदम हो।
सम्झौताअनुसार, ब्रान्ड हाउसले रबिन्द्र धान्तलाई कुल रु. १५ लाख पारिश्रमिक प्रदान गर्नेछ। यस सहकार्यको उद्देश्य युवाहरूलाई प्रेरित गर्नुका साथै खेलकुद र लाइफस्टाइल फेसनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनु हो।
सहकार्यबारे धारणा राख्दै ब्रान्ड हाउसले यस प्रायोजनको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय मञ्चमा समर्पण, अनुशासन र कठोर परिश्रमका साथ राष्ट्रको प्रतिनिधित्व गरिरहेका नेपाली प्रतिभा, विशेषगरी खेलाडीहरूलाई समर्थन र प्रोत्साहन गर्नु रहेको जनाएको छ।
रबिन्द्र धान्तले पनि यस साझेदारीप्रति आभार व्यक्त गर्दै ब्रान्ड हाउसजस्ता प्रतिष्ठित ब्रान्डको साथले खेलाडीहरूलाई थप प्रेरणा दिने र नेपालमा कम्ब्याट स्पोर्ट्सको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
Brandhouse को बारेमा
हाउस–अफ–ब्रान्ड्स (Brandhouse Nepal) युवामैत्री फेसन संस्कृतिलाई प्रेरित र सशक्त बनाउने उद्देश्यले स्थापना गरिएको हो। आत्म–अभिव्यक्तिको जोशलाई निरन्तर अघि बढाउँदै, हामी हाम्रो जनशक्ति र ब्रान्डहरूको माध्यमबाट खेलकुद र स्निकर समुदायको केन्द्रमा अतुलनीय अनुभवहरू सिर्जना गर्छौं।
ब्रान्डहाउस नेपालकै पहिलो मल्टि–ब्रान्ड स्टोर हो। यसका स्टोरहरू दरबारमार्ग, सिभिल मल, सिटी सेन्टर, कुमारीपाटी र पोखरामा अवस्थित छन्। यहाँ Adidas, Nike, Reebok, Asics, Under Armour लगायत अन्य अन्तर्राष्ट्रिय ब्रान्डका original उत्पादनहरू उपलब्ध छन्।ब्रान्डहाउसले सन् २०२६ मा casual मल्टि–ब्रान्ड स्टोर सुरु गर्न लागेको छ।
Comments
अरु समाचार
-
पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा
काठमाडौं । पछिल्लो पाँच महिनामा विदेशी मुद्राको सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको...
-
सावधानी अपनाउन नसक्दा आगलागीको घटनामा वृद्धि: प्राधिकरण
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर...
-
चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न निर्देशन
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । विभागले...
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका केही प्रदेशमा आज आंशिक बदली हुनेछ...
-
सर्वोच्चको आदेश: नदी–कोरिडोर र २० मिटर सीमाबारे एक साताभित्र ९ बुँदे विवरण पेश गर्न सरकारलाई निर्देशन
काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले काठमाडौं उपत्यकाका बागमती, विष्णुमतीसहित मुख्य तथा सहायक नदीको सीमा, कोरिडोर, तटबन्ध र नदी किनारको...
-
‘संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताएका छन् । मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र...
-
निर्वाचन आउन ५६ दिन बाँकी : राष्ट्रियसभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
कुलमान घिसिङ विरुद्ध लगातार आगो ओकल्दै काशिका तामाङ !
काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति बनेका ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै कडा कटाक्ष गरेकी...












