ब्रान्ड हाउससँग नेपाली एमएमए स्टार रबिन्द्र धान्त ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्धित
काठमाडौं, नेपाल । काठमाडौंको दरबारमार्ग लगायतका स्थानमा स्टोरहरु रहेको अग्रणी मल्टि–ब्रान्ड लाइफस्टाइल स्टोर ब्रान्ड हाउसले प्रख्यात नेपाली व्यावसायिक मिक्स्ड मार्शल आर्ट्स (MMA) खेलाडी रबिन्द्र धान्तलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्धित गरेको घोषणा गरेको छ।
यो साझेदारी ब्रान्ड हाउसका लागि खेलकुद, फिटनेस तथा स्वदेशी प्रतिभाको प्रवर्द्धनप्रति गरिएको प्रतिबद्धताको एक महत्वपूर्ण कदम हो।
सम्झौताअनुसार, ब्रान्ड हाउसले रबिन्द्र धान्तलाई कुल रु. १५ लाख पारिश्रमिक प्रदान गर्नेछ। यस सहकार्यको उद्देश्य युवाहरूलाई प्रेरित गर्नुका साथै खेलकुद र लाइफस्टाइल फेसनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनु हो।
सहकार्यबारे धारणा राख्दै ब्रान्ड हाउसले यस प्रायोजनको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय मञ्चमा समर्पण, अनुशासन र कठोर परिश्रमका साथ राष्ट्रको प्रतिनिधित्व गरिरहेका नेपाली प्रतिभा, विशेषगरी खेलाडीहरूलाई समर्थन र प्रोत्साहन गर्नु रहेको जनाएको छ।
रबिन्द्र धान्तले पनि यस साझेदारीप्रति आभार व्यक्त गर्दै ब्रान्ड हाउसजस्ता प्रतिष्ठित ब्रान्डको साथले खेलाडीहरूलाई थप प्रेरणा दिने र नेपालमा कम्ब्याट स्पोर्ट्सको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
Brandhouse को बारेमा
हाउस–अफ–ब्रान्ड्स (Brandhouse Nepal) युवामैत्री फेसन संस्कृतिलाई प्रेरित र सशक्त बनाउने उद्देश्यले स्थापना गरिएको हो। आत्म–अभिव्यक्तिको जोशलाई निरन्तर अघि बढाउँदै, हामी हाम्रो जनशक्ति र ब्रान्डहरूको माध्यमबाट खेलकुद र स्निकर समुदायको केन्द्रमा अतुलनीय अनुभवहरू सिर्जना गर्छौं।
ब्रान्डहाउस नेपालकै पहिलो मल्टि–ब्रान्ड स्टोर हो। यसका स्टोरहरू दरबारमार्ग, सिभिल मल, सिटी सेन्टर, कुमारीपाटी र पोखरामा अवस्थित छन्। यहाँ Adidas, Nike, Reebok, Asics, Under Armour लगायत अन्य अन्तर्राष्ट्रिय ब्रान्डका original उत्पादनहरू उपलब्ध छन्।ब्रान्डहाउसले सन् २०२६ मा casual मल्टि–ब्रान्ड स्टोर सुरु गर्न लागेको छ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












