बुढीगंगाका तत्कालीन नगर प्रमुखसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपक विक्रम शाहसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहसहित १४ जना जाग्रिति/एम.के/नेपाल जे.भी., धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । बुढीगंगा नगरपालिकाको भवन निर्माण ठेक्का BM/NCB/W/01/077/78 मा मिलोमतो गरी भ्रष्टाचार गर्ने उद्देश्यले पूर्वनिर्धारित योग्यताको आधारमा अमुक निर्माण व्यवसायीसँग मिलेर देशमा कतै नभएको योग्यताको आधार लिई, अनावश्यक रुपमा प्रतिस्पर्धा साँगुरो पारी ठेक्का लगाउने काम भएको विषयमा अख्तियारले अनुसन्धान गरेकाे थियाे ।
३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ हिनामिना गरेको देखिएकाे भन्दै उनीहरूविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएकाे हाे । उक्त रकम बराबरकाे बिगाे मागदाबी गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेकाे हाे । अख्तियारले बुढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपक विक्रम `शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना कुमारी ठकुल्ला, प्रशासकीय अधिकृत नरेन्द्र नाथ, शिक्षा अधिकृत जयराज न्यौपाने, इन्जिनियर पारस खाती, सब-इन्जिनियर गणेशराज रेग्मी, असिस्टेन्ट सब-इन्जिनियर भिमराज गिरी, लेखापाल नवराज जोशी, खरिदार श्याम बहादुर खत्री, प्रशासन सहायक बसन्त बहादुर थापा, ना.प्रा.स. सिद्धराज जैसी, जाग्रिति / एम. के / नेपाल जे.भी. धनगढी, कैलाली, उक्त जे.भी. का आधिकारिक प्रतिनिधि तथा जाग्रिति निर्माण सेवाको प्रबन्ध सञ्चालक पुष्कर रोकाया र जाग्रिति / एम. के / नेपाल जे.भी.को आधिकारिक प्रतिनिधि सुरत बहादुर शाहविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएकाे हाे ।
‘आपसी मिलोमतो तथा योजनामा प्रतिवादीहरुले आफूहरुलाई लाभ र बुढीगंगा नगरपालिका/सार्वजनिक संस्थालाई हानी नोक्सानी पुर्याउने बदनियतले कार्य गरी गराई बिगो ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ हानि नोक्सानी पुऱ्याएकोले उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम समेतका कसूरमा सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’अख्तियारले अदालतमा दायर गरेकाे आराेपपत्रमा उल्लेख गरिएकाे छ ।
Comments
अरु समाचार
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
त्रिवि उपकुलपतिको लागि १० जना उम्मेदवारको सूची सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि १० जना उम्मेदवारको सूची सार्वजनिक भएको छ । सिफारिस समितिले शुक्रबार सार्वजनिक गरेको सूचिमा...
-
पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझायो प्रतिवेदन
काठमाण्डौ । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । छानबिन समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले...












