बुढीगंगाका तत्कालीन नगर प्रमुखसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपक विक्रम शाहसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहसहित १४ जना जाग्रिति/एम.के/नेपाल जे.भी., धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । बुढीगंगा नगरपालिकाको भवन निर्माण ठेक्का BM/NCB/W/01/077/78 मा मिलोमतो गरी भ्रष्टाचार गर्ने उद्देश्यले पूर्वनिर्धारित योग्यताको आधारमा अमुक निर्माण व्यवसायीसँग मिलेर देशमा कतै नभएको योग्यताको आधार लिई, अनावश्यक रुपमा प्रतिस्पर्धा साँगुरो पारी ठेक्का लगाउने काम भएको विषयमा अख्तियारले अनुसन्धान गरेकाे थियाे ।
३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ हिनामिना गरेको देखिएकाे भन्दै उनीहरूविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएकाे हाे । उक्त रकम बराबरकाे बिगाे मागदाबी गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेकाे हाे । अख्तियारले बुढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपक विक्रम `शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना कुमारी ठकुल्ला, प्रशासकीय अधिकृत नरेन्द्र नाथ, शिक्षा अधिकृत जयराज न्यौपाने, इन्जिनियर पारस खाती, सब-इन्जिनियर गणेशराज रेग्मी, असिस्टेन्ट सब-इन्जिनियर भिमराज गिरी, लेखापाल नवराज जोशी, खरिदार श्याम बहादुर खत्री, प्रशासन सहायक बसन्त बहादुर थापा, ना.प्रा.स. सिद्धराज जैसी, जाग्रिति / एम. के / नेपाल जे.भी. धनगढी, कैलाली, उक्त जे.भी. का आधिकारिक प्रतिनिधि तथा जाग्रिति निर्माण सेवाको प्रबन्ध सञ्चालक पुष्कर रोकाया र जाग्रिति / एम. के / नेपाल जे.भी.को आधिकारिक प्रतिनिधि सुरत बहादुर शाहविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएकाे हाे ।
‘आपसी मिलोमतो तथा योजनामा प्रतिवादीहरुले आफूहरुलाई लाभ र बुढीगंगा नगरपालिका/सार्वजनिक संस्थालाई हानी नोक्सानी पुर्याउने बदनियतले कार्य गरी गराई बिगो ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ हानि नोक्सानी पुऱ्याएकोले उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम समेतका कसूरमा सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’अख्तियारले अदालतमा दायर गरेकाे आराेपपत्रमा उल्लेख गरिएकाे छ ।
Comments
अरु समाचार
-
पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा
काठमाडौं । पछिल्लो पाँच महिनामा विदेशी मुद्राको सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको...
-
सावधानी अपनाउन नसक्दा आगलागीको घटनामा वृद्धि: प्राधिकरण
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर...
-
चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न निर्देशन
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । विभागले...
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका केही प्रदेशमा आज आंशिक बदली हुनेछ...
-
सर्वोच्चको आदेश: नदी–कोरिडोर र २० मिटर सीमाबारे एक साताभित्र ९ बुँदे विवरण पेश गर्न सरकारलाई निर्देशन
काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले काठमाडौं उपत्यकाका बागमती, विष्णुमतीसहित मुख्य तथा सहायक नदीको सीमा, कोरिडोर, तटबन्ध र नदी किनारको...
-
‘संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताएका छन् । मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र...
-
निर्वाचन आउन ५६ दिन बाँकी : राष्ट्रियसभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको...
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, काठमाडौंको न्यूनतम तापक्रम बिहान पौने ६ बजे ३.३ डिग्री
काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ जसका कारण तराईका धेरै स्थानमा आज बिहान हुस्सु र कुहिरो...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...












