भेनेजुएलाकी उपराष्ट्रपतिलाई ट्रम्पले भने- भनेको नमाने मादुरोभन्दा पनि खराब अवस्था हुनेछ
काठमाडौं । भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाउने आदेश दिएको छ। यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कडा चेतावनी दिएका छन्। ट्रम्पले भनेका छन्, ‘यदि डेल्सी रोड्रिगेजले भेनेजुएलाका लागि अमेरिकाले उचित ठानेको काम गरिनन् भने उनको अवस्था मादुरोको भन्दा पनि बढी खराब हुन सक्छ।’
ट्रम्पले ‘द एटलान्टिक’ म्यागजिनलाई दिएको अन्तर्वार्तामा यो कुरा बताएका हुन्। यसअघि ट्रम्पले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रोड्रिगेजसँग कुरा गरेको र उनी भेनेजुएलाका जनताको जीवनस्तर सुधार्न अमेरिकाको अपेक्षाअनुसार काम गर्न तयार रहेको बताएका थिए।
‘न्यूयोर्क पोस्ट’ सँगको अन्तर्वार्तामा ट्रम्पले रोड्रिगेजले अमेरिकाको कुरा मानिन् भने भेनेजुएलामा अमेरिकी सेना तैनाथ गर्नुपर्ने आवश्यकता नपर्ने बताएका थिए । रोड्रिगेजले निकोलस मादुरोलाई सत्ताबाट हटाइएकोमा आलोचना गर्दै अमेरिकालाई मादुरो फिर्ता पठाउन माग गरेकी छिन्।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












