भेनेजुएलाका राष्ट्रपति अमेरिकी अदालतमा, अस्वीकार गरे आरोप
काठमाडौं । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरो पहिलोपटक अमेरिकी अदालतमा उपस्थित भएका छन्। संघीय लागूऔषध तस्करी र ‘नार्को–टेररिज्म’ सम्बन्धी आरोपमा पेश गरिएका मादुरोले सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गरेका छन्। बीबीसीका अनुसार उनले न्यायाधीशसमक्ष अहिले पनि आफू नै भेनेजुएलाको राष्ट्रपति रहेको बताएका छन्।
अदालतमा मादुरोले भने, “म निर्दोष छु। म दोषी होइन। म राम्रो मान्छे हुँ र आफ्नो देशको राष्ट्रपति हुँ।” अदालतले यस मुद्दाको अर्को सुनुवाइ मार्च १७ मा तोकेको छ।
लागूऔषध तस्करीको आरोपमा अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासबाट मादुरोलाई पक्राउ गरी न्यूयोर्क ल्याएको हो। सोमबार नीलो जेल पोशाकमा मादुरो र उनकी पत्नीलाई अदालतमा उपस्थित गराइएको थियो। यो प्रारम्भिक कानुनी प्रक्रिया भए पनि यसले मादुरोमाथि अमेरिकामै मुद्दा चलाउन मिल्ने–नमिल्ने विषयमा दीर्घकालीन कानुनी संघर्ष सुरु हुने संकेत गरेको बीबीसीले जनाएको छ। यी आरोपहरू पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मादुरोलाई पक्राउ गरी अमेरिका ल्याउने आधारका रूपमा प्रयोग गरेको बताइएको छ।
ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखियो
मादुरोलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर (एमडीसी) मा राखिएको छ। सन् १९९० को सुरुवातमा स्थापना भएको यस कारागारमा हाल करिब १ हजार ३०० कैदी छन्। म्यानह्याटन र ब्रुकलिनका संघीय अदालतमा मुद्दा खेपिरहेका अभियुक्तहरूलाई प्रायः यहीँ राखिने गरिन्छ। यहाँ गिरोहसँग सम्बन्धित अभियुक्त र लागूऔषध तस्करीका आरोपीसमेत थुनामा राखिन्छन्।
पहिलो राष्ट्रपति होइनन्
ब्रुकलिनस्थित डिटेन्सन सेन्टरमा राखिने मादुरो पहिलो राष्ट्रपति भने होइनन्। यसअघि होन्डुरसका पूर्वराष्ट्रपति जुआन ओरल्यान्डो हर्नान्डेजलाई पनि यहीँ राखिएको थियो। उनीमाथि अमेरिकामा सयौं टन कोकिन तस्करीको अभियोग लागेको थियो। दोषी ठहर भई ४५ वर्षको सजाय सुनाइएपछि गत डिसेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी दिएर उनलाई रिहा गरेका थिए।
हाल यसै कारागारमा मेक्सिकोको सिनालोआ ड्रग कार्टेलका सह–संस्थापक इस्माइल ‘एल मायो’ जाम्बाडा गार्सिया तथा युनाइटेडहेल्थकेयरका सीईओको हत्या अभियोगमा पक्राउ परेका लुइगी मान्जियोनी पनि थुनामा छन्। यसअघि क्रिप्टो उद्यमी साम बैंकम्यान–फ्राइड र जेफ्री एपस्टिनकी सहयोगी गिस्लेन म्याक्सवेल पनि यही कारागारमा राखिएका थिए।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











