आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले जर्सी सार्वजनिक गरेको हो।
सार्वजनिक जर्सी तीन फरक संस्करण र मूल्यमा उपलब्ध हुने क्यानले जनाएको छ। खेलाडीले प्रयोग गर्ने उच्च गुणस्तरको जर्सीको मूल्य ३ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ। यस्तै, ‘रेप्लिका एडिसन’ जर्सी १ हजार ५ सय ९९ रुपैयाँ र ‘फ्यान जर्सी’ ७ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ।
क्यानका अनुसार जर्सी भाटभटेनी सुपरस्टोरलगायतका बिक्री केन्द्रबाट प्राप्त गर्न सकिनेछ।
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ माघ २४ देखि भारत र श्रीलंकामा सुरु हुँदैछ। प्रतियोगिताको दशौँ संस्करणमा नेपालसहित २० टोलीको सहभागिता रहनेछ। २९ दिनसम्म चल्ने प्रतियोगिता भारतका पाँच र श्रीलंकाका तीन मैदानमा आयोजना हुनेछ। प्रतियोगिता सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ।
नेपाल समूह ‘सी’ मा परेको छ। यस समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्।
नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ (माघ २५) मा खेल्नेछ। दोस्रो खेल वेस्ट इन्डिजसँग फागुन ३, तेस्रो खेल बंगलादेशसँग फागुन ५ र अन्तिम खेल फेब्रुअरी १७ (फागुन ५) मा बंगलादेशसँग नै खेल्ने तालिका रहेको छ। नेपालका सबै समूह चरणका खेल मुम्बईस्थित वानखेडे रंगशालामा हुनेछन्।
प्रतियोगिताका खेलहरू भारतका नरेन्द्र मोदी स्टेडियम (अहमदाबाद), एमए चिदम्बरम स्टेडियम (चेन्नई), अरुण जेटली स्टेडियम (नयाँ दिल्ली), वानखेडे स्टेडियम (मुम्बई), इडेन गार्डेन्स (कोलकाता) तथा श्रीलंकाका आर. प्रेमदासा स्टेडियम, सिङ्गालीज स्पोर्ट्स क्लब ग्राउन्ड (कोलम्बो) र पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम (क्यान्डी) मा आयोजना हुनेछन्।
Comments
अरु समाचार
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
कुलमान घिसिङ विरुद्ध लगातार आगो ओकल्दै काशिका तामाङ !
काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति बनेका ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै कडा कटाक्ष गरेकी...
-
विश्वविख्यात भौतिकशास्त्रीको उपस्थितिमा आज त्रिविको दीक्षान्त समारोह !
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना...
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...












