आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले जर्सी सार्वजनिक गरेको हो।
सार्वजनिक जर्सी तीन फरक संस्करण र मूल्यमा उपलब्ध हुने क्यानले जनाएको छ। खेलाडीले प्रयोग गर्ने उच्च गुणस्तरको जर्सीको मूल्य ३ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ। यस्तै, ‘रेप्लिका एडिसन’ जर्सी १ हजार ५ सय ९९ रुपैयाँ र ‘फ्यान जर्सी’ ७ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ।
क्यानका अनुसार जर्सी भाटभटेनी सुपरस्टोरलगायतका बिक्री केन्द्रबाट प्राप्त गर्न सकिनेछ।
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ माघ २४ देखि भारत र श्रीलंकामा सुरु हुँदैछ। प्रतियोगिताको दशौँ संस्करणमा नेपालसहित २० टोलीको सहभागिता रहनेछ। २९ दिनसम्म चल्ने प्रतियोगिता भारतका पाँच र श्रीलंकाका तीन मैदानमा आयोजना हुनेछ। प्रतियोगिता सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ।
नेपाल समूह ‘सी’ मा परेको छ। यस समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्।
नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ (माघ २५) मा खेल्नेछ। दोस्रो खेल वेस्ट इन्डिजसँग फागुन ३, तेस्रो खेल बंगलादेशसँग फागुन ५ र अन्तिम खेल फेब्रुअरी १७ (फागुन ५) मा बंगलादेशसँग नै खेल्ने तालिका रहेको छ। नेपालका सबै समूह चरणका खेल मुम्बईस्थित वानखेडे रंगशालामा हुनेछन्।
प्रतियोगिताका खेलहरू भारतका नरेन्द्र मोदी स्टेडियम (अहमदाबाद), एमए चिदम्बरम स्टेडियम (चेन्नई), अरुण जेटली स्टेडियम (नयाँ दिल्ली), वानखेडे स्टेडियम (मुम्बई), इडेन गार्डेन्स (कोलकाता) तथा श्रीलंकाका आर. प्रेमदासा स्टेडियम, सिङ्गालीज स्पोर्ट्स क्लब ग्राउन्ड (कोलम्बो) र पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम (क्यान्डी) मा आयोजना हुनेछन्।
Comments
अरु समाचार
-
बालेन शाहले मेयर पदबाट राजीनामा नदिई घण्टीघर प्रवेश गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजिनामा दिएर औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने...
-
कांग्रेस आधिकारिकता विवाद : देउवा समूहको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई तोकियो पेसी
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
चुनावअघि नै रवि प्रधानमन्त्री हुने चलखेल, सुशीला कार्कीलाई हटाइने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विभिन्न मुद्धाहरु फिर्ता भएसँगै प्रधानमन्त्री बन्ने सुरमा लागेको बुझिएको छ...
-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन हुने
काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे...
-
गायक प्रशान्त तामाङको निधन
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनको ४२ वर्षको उमेरमा आज दिल्लीमा निधन भएको संगीतकार...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
कुलमान घिसिङ विरुद्ध लगातार आगो ओकल्दै काशिका तामाङ !
काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति बनेका ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै कडा कटाक्ष गरेकी...











