कुलमान घिसिङ विरुद्ध लगातार आगो ओकल्दै काशिका तामाङ !
काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति बनेका ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै कडा कटाक्ष गरेकी छन्। अभियान्ता तामाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री घिसिङले पद जोगाउने उद्देश्यले पार्टी सदस्यता नै अस्वीकार गर्ने प्रवृत्तिले गम्भीर नैतिक प्रश्न उठाएको टिप्पणी गरेकी हुन्।
तामाङले लेखेकि छन्, “पार्टीको उपसभापति भाको मान्छे, आफ्नो मन्त्री पद खुस्किन्छ भनेर पार्टीको म सदस्य होइन भन्न कुन नैतिकताले दिन्छ ?” उनका अनुसार यस्तो अभिव्यक्तिले राजनीतिक जिम्मेवारी र आचरणमाथि गम्भीर प्रश्न खडा गर्छ।
यस अघि रास्वपाकाे समानुपातिक उमेद्दवारकाे बन्द सुचिमा घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार सूचीमा भान्जादेखि ससुरासम्मका नातेदारको नाम समावेश गरिएको विषयलाई लिएर पछिल्लो समय चौतर्फी आलोचना भइरहेको छ। विवाद बढेपछि मन्त्री घिसिङले ती नाम फिर्ता लिने प्रतिबद्धता जनाएका थिए। तर प्रतिबद्धताअनुसार नाम फिर्ता नभएपछि तामाङले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेकी थिइन्।
तामाङले लेखेकी छन्, “भनेपछि ससुरा बा र भान्जाले नाम फिर्ता लिन मानेनन्। आफ्नै रगतको भाइको ससुरा आफ्नै ससुरा हो कि होइन ? अनि नाताले आफ्नो भान्जा पर्ने व्यक्ति आफ्नो नातेदार हो कि होइन ?”
उनको यो टिप्पणीपछि राजनीतिक वृत्तमा मन्त्री घिसिङमाथि राजनीतिक तथा नैतिक प्रश्न उठेकाे छ।
Comments
अरु समाचार
-
बालेन शाहले मेयर पदबाट राजीनामा नदिई घण्टीघर प्रवेश गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजिनामा दिएर औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने...
-
कांग्रेस आधिकारिकता विवाद : देउवा समूहको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई तोकियो पेसी
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
चुनावअघि नै रवि प्रधानमन्त्री हुने चलखेल, सुशीला कार्कीलाई हटाइने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विभिन्न मुद्धाहरु फिर्ता भएसँगै प्रधानमन्त्री बन्ने सुरमा लागेको बुझिएको छ...
-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन हुने
काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे...
-
गायक प्रशान्त तामाङको निधन
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनको ४२ वर्षको उमेरमा आज दिल्लीमा निधन भएको संगीतकार...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...











