ताजा समाचार

कुलमान घिसिङ विरुद्ध लगातार आगो ओकल्दै काशिका तामाङ !

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति बनेका ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै कडा कटाक्ष गरेकी छन्। अभियान्ता तामाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री घिसिङले पद जोगाउने उद्देश्यले पार्टी सदस्यता नै अस्वीकार गर्ने प्रवृत्तिले गम्भीर नैतिक प्रश्न उठाएको टिप्पणी गरेकी हुन्।

तामाङले लेखेकि छन्, “पार्टीको उपसभापति भाको मान्छे, आफ्नो मन्त्री पद खुस्किन्छ भनेर पार्टीको म सदस्य होइन भन्न कुन नैतिकताले दिन्छ ?” उनका अनुसार यस्तो अभिव्यक्तिले राजनीतिक जिम्मेवारी र आचरणमाथि गम्भीर प्रश्न खडा गर्छ।

यस अघि रास्वपाकाे समानुपातिक उमेद्दवारकाे बन्द सुचिमा घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार सूचीमा भान्जादेखि ससुरासम्मका नातेदारको नाम समावेश गरिएको विषयलाई लिएर पछिल्लो समय चौतर्फी आलोचना भइरहेको छ। विवाद बढेपछि मन्त्री घिसिङले ती नाम फिर्ता लिने प्रतिबद्धता जनाएका थिए। तर प्रतिबद्धताअनुसार नाम फिर्ता नभएपछि तामाङले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेकी थिइन्।

तामाङले लेखेकी छन्, “भनेपछि ससुरा बा र भान्जाले नाम फिर्ता लिन मानेनन्। आफ्नै रगतको भाइको ससुरा आफ्नै ससुरा हो कि होइन ? अनि नाताले आफ्नो भान्जा पर्ने व्यक्ति आफ्नो नातेदार हो कि होइन ?”

उनको यो टिप्पणीपछि राजनीतिक वृत्तमा मन्त्री घिसिङमाथि राजनीतिक तथा नैतिक प्रश्न उठेकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org